काठमाडौं- थप एक जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयले दिएको जानकारी अनुसार बझाङका ६५ वर्षीय पुरुषको साउन ९ गते मृत्यु भएको हो।
बझाङ जिल्ला बुङ्गल गाउँपालिका वडा नम्बर तीन स्थायी घर भएका उनी असार २५ गते भारतको बैंगलोरबाट आएका थिए। उनको कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको मन्त्रालयले जानकारी दिएको छ।
उनी दमका रोगी भएको मन्त्रालयको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।