काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र चिनियाँ राजदूत हाउ यान्छीबीच भेट भएकाे छ। पौडेलले यान्छीलाई आफ्नै निवास बाेहाेराटारमा भेटेका हुन्।
नेपाल र चीनबीचको सम्बन्ध र औपचारिक सम्बन्ध स्थापना भएको ६३औं वर्षका अवसरमा भेट भएको पौडेलले जनाएका छन्। राजदूतसँगको भेटमा विपी कोइराला र माओत्सेतुङको समयमा दुई देशको सम्बन्धका बारेमा चर्चा भएको पौडेलले जनाए।
नेपाली कांग्रेस र चिनियाँ कम्युनिस्ट पार्टीको सम्बन्धको बारेमा समेत चर्चा भएको बताइएको छ। चीन सरकारले कोभिड १९ नियन्त्रणमा प्राप्त गरेको सफलताको चर्चासमेत भएको पौडेलले बताए। कोभिड १९ नियन्त्रणमा चिनियाँ सहयोगप्रति उनले राजदूत यान्छीलाई धन्यवाद दिएका दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।