काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच भेट हुने भएकाे छ। पार्टीमा जारी विवाद समाधानका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुन लागेकाे हाे।
ओलीसँगकाे छलफलका प्रचण्ड बालुवाटार जाँदै छन्। बालुवाटार जानुअघि प्रचण्डले बहुमत सचिवालय सदस्य र केही स्थायी कमिटी सदस्यसँग आगामी रणनीतिबारे अनाैपचारिक छलफल गरेका थिए।
नेकपाकाे स्थायी कमिटी बैठक बिहान ११ बजेका लागि डाकिएकाे छ। साउन ६ गते स्थायी कमिटी बैठक स्थगित भएयता दुई अध्यक्षले एक पटकमात्र छलफल गरेका छन्। साउन ९ गते १ घण्टा छलफल भएपनि कुनै सहमति निस्कन सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।