काठमाडौं– जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत १८ जना प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएको छ।
पोखरास्थित क्षयरोग उपचार केन्द्र प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा १८ जनामा संक्रमण देखिएको हो। संक्रमितमध्ये एक जना महिला भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।
१८ जना प्रहरीमा संक्रमण देखिएपछि आइसोलेसनमा राख्ने तयारी भएको स्याङ्जाका प्रहरी प्रमुख विमलराज कंडेलले जानकारी दिए। कार्यरत अन्यको परीक्षण नतिजा आउन बाँकी रहेको उनले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयका ३ जनामा साउन ६ मा कोरोना पुष्टि भएपछि अन्य सबैको स्वाब संकलन गरिएको थियो। परीक्षणका लागि पोखरा पठाइएका अन्य ६० जनाको रिपोर्ट आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।