• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत २६, २०८२ Thu, Apr 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

थप ३ कोरोना संक्रमितको मृत्यु भएको पुष्टि, यी हुन् नेपालमा मृत्यु भएका ४८ संक्रमित

64x64
नेपाल लाइभ सोमबार, साउन १२, २०७७  १६:३०
1140x725

काठमाडौं- सोमबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयले दिएको जानकारी अनुसार एक जना भारतीय र दुई जना नेपाली कोरोना संक्रमितको मृत्यु भएको हो। 

वीरगञ्जको गण्डक अस्थायी कोभिड-१९ अस्पतालमा उपचारत भारत विहारका ६५ वर्षीय पुरुषको साउन ११ गते मृत्यु भएको हो।  स्वास्थ्य अवस्था बिग्रँदै गएपछि साउन १० उनलाई आइसियुमा भर्ना गरिएको थियो। उनी मधुमेहका बिरामी थिए। उनको स्वाब परीक्षणको रिपोर्ट मृत्युपछि आएको हो। रिपोर्टमा कोरोना पोजिटिभ आएको हो। 

यस्तै धनुषा जिल्ला सहिदनगर नगरपालिकाका ३६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि साउन ११ मा नै मृत्यु भएको छ। उनमा ज्वरो खोकीका लक्षण देखिएका थिए। उनलाई प्रादेशिक अस्पताल जनकपुरबाट धरान लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

यसैगरी बारा जिल्लाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पनि साउन १२ गते मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो। उनी न्युमोनिया र मस्तिष्कघातका बिरामी थिए। 

यी हुन् यसअघि मृत्यु भएका ४५ संक्रमित
१. सिन्धुपाल्चोकी २९ वर्षीया महिलाको जेठ २ गते धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। उनी १० दिनकी सुत्केरी थिइन्। श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि उनलाई धुलिखेल अस्पताल लगिएको थियो। अस्पतालमा उनको मृत्यु भयो। मृत्युपछि गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना पोजिटिभ आएको थियो। 

२. वैसाख ३० गते भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका बाँके नरैनापुरमा २५ वर्षीय युवकको जेठ ४ गते मृत्यु भयो। मृत्यु हुनुअघि उनलाई निरन्तर वाकवाकी र झाडापखाला लागेको बताइएको थियो। स्वास्थ्य मन्त्रालयले उनको मृत्युपश्चात् कोरोना संक्रमण भएको पुष्टि गरेको थियो।

३. रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका गुल्मीका ४१ वर्षीय शिक्षकको जेठ ८ गते मृत्यु भएको थियो। उनी जन्डिसको उपचार गराइरहेका थिए। उपचारका क्रममा उनलाई कोरोना भाइरस पुष्टि भएको थियो।

४. जेठ ४ गते बाराका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो। तर स्वास्थ्य मन्त्रालयले उनको मृत्युको पुष्टि जेठ १२ गते गरेको थियो। मन्त्रालयकाअनुसार उनलाई क्षयरोग र श्वारप्रश्वासको समस्या थियो।

nimb
nimb
Ncell 2
Ncell 2

५. कलेजोको समस्या भई किस्ट अस्पतालमा उपचाररत ललितपुर बुङमतीका ५६ वर्षीय पुरुषको जेठ १४ गते मृत्यु भएको थियो। उनलाई १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।


६. भारतबाट फर्किँदै गर्दा जेठ १० गते बाटैमा मृत्यु भएका अर्घाखाँचीको भूमिकास्थान घर भएका ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो। मृत्युपश्चात् गरिएको पिसिआर परीक्षणमा उनलाई कोरोना भएको पुष्टि भएको थियो।

७. दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा जेठ १९ गते ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो।

८. बाबुआमासँगै बाजुराको धुरालसैन माविको क्वारेन्टाइनमा रहेकी २ वर्षकी बालिकाको जेठ १८ गते मृत्यु भएको थियो। उनलाई निमोनिया भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

९. जेठ २१ गते दोलखा घर भएका ७६ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो। उनलाई हेमोरेजिक स्ट्रोक भई शल्यक्रिया गरिएको थियो। उनको काठमाडौं मेडिकल कलेज सिंगामंगलमा उपचारका क्रममा जेठ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि शिक्षण अस्पताल महाराजगञ्ज आइसियूमा सारिएको थियो।

१०.जेठ २० गते पाल्लामा एक संक्रमितको मृत्यु भयो। पाल्पा सिलुवाखोलाका क्वारेन्टाइनमा ४५ वर्षीय पुरुषलाई निमोनिया देखिएको थियो। उनको मृत्युपश्चात् पिसिआर जाँच गर्दा कोरोना देखिएको थियो।

११. सुर्खेत पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकको जेठ २३ गते मृत्यु भएको थियो। जेठ ७ गते भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका उनको आरटिडी परीक्षण गर्दा नेगेटिभ आएपछि जेठ २२ गते घर पठाइएको थियो। तर उनको २३ गते मृत्यु भयो। मृत्युपछि गरिएको पिसिआर जाँचको रिर्पोट पोजिटिभ आएको थियो।

१२. डोल्पाका जगदुल्ला गाउँपालिका-३ घर भएका ५८ वर्षीय पुरुषको जेठ २२ गते मृत्यृ भएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पिसिआर परीक्षण गर्दा जेठ २४ गते कोरोना पुष्टि भएको थियो।

१३. धनगढी ४ की मृगौलाको समस्या भएकी ५५ वर्षकी महिलाको सेती अस्पतालमा डायलसिस गर्ने क्रममा जेठ २३ गते मृत्यु भएको थियो। उनको जेठ २४ गते कोरोना पुष्टि भएको थियो।

१४. स्याङ्जा जिल्ला वालिङ नगरपालिका घर भएका ५८ वर्षीय पुरुषको जेठ २६ गते मृत्यु भएको थियो। उनी मिर्गौला रोगी थिए। मृत्युपछि गरिएको पिसिआरमा कोरोना पुष्टि भएको थियो।

१५. चितवन भरतपुर-११ का निमोनिया भएका पुरुषको जेठ २७ गते मृत्यु भएको थियो। 

१६. अर्घाखाँचीको मालारानीको क्वारेन्टाइनमा बसेका ५७ का पुरुषको जेठ २९ गते मृत्यु भयो।

१७. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका घण्टाघरमा २५ वर्षीय युवकको २८ जेठमा मृत्यु भएको थियो। बेवारिसे लास फेला परेकोमा पोस्टमार्टमका लागि लगिएको र स्वाब परीक्षण गर्दा जेठ ३० गते कोरोना भाइरसको संक्रमण भेटिएको छ।

१८. जेठ ३० गते बारा जिल्ला निजगढ नगरपालिका-६ योजनाटोल निवासी ५ वर्षीय बालकको मृत्यु भएको थियो। उनलाई कफ र ज्वरो देखिएको थियो। उपचारका क्रममा उनको नारायणी अस्पताल वीरगञ्ज मृत्यु भएको थियो।

१९. गुल्मीका ३६ वर्षीय पुरुषको रेसुङ्गामा आइसोलेसनमा जेठ ३१ गते मृत्यु भएको थियो। उनी क्यान्सरका बिरामी थिए।

२०. बाँकेको बैजनाथ गाउँपालिका-६ की ४६ वर्षीया महिलाको असार १ गते मृत्यु भएको थियो। फोक्सो, मिर्गौला र प्यारालाइसिलकी समस्या थियो। कोरोना पुष्टि भने असार ३ गते भएको थियो।

२१. कैलाली, गोदावरी नगरपालिकाका ४६ वर्षीय पुरुषको जेठ ३१ गते मृत्यु भएको थियो।

२२. असार २ गते कैलालीको लम्किचुहाकी ४३ वर्षकी महिला मृत्यु भएको थियो। टाउकोमा चोट लागेपछि नेपालगञ्ज मेडिकल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।असार ३ गते आएको पिसिआर रिर्पोटमा कोरोनाको पुष्टि भएको थियो।

२३. गुल्मी जिल्ला छत्रकोट गाउँपालिका-५ महेन्द्रनाडा ६९ का पुरुष प्यारालाइसिसको उपचारका लागि भारत गएको उनको असार ५ गते मृत्यु भएको थियो। 

२४. दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षीय पुरुषको असार ८ गते सुर्खेत अस्पतालको आइशोलेशनमा मृत्यु भएको थियो। उनी क्षयरोग तथा दमको बिरामी थिए।

२५. स्याङ्जाको आँधीखोलाका ५६ वर्षीय पुरुषको असार १० गते मृत्यु भएको थियो। उनको असार ११ गते कोरोनाको पुष्टि भएको रिर्पोट आएको थियो।

२६. काठमाडौंका ४९ वर्षीय पुरुषको असार ११ गते पाटन अस्पतालमा मृत्यु भएको थियो। उनले ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गराएका थिए।

२७. दाङको राप्ती अस्पताल नजिकै अचेत अवस्थामा भेटिएकी अन्दाजी ३० वर्षकी महिलाको असार ११ गते मृत्यु भएको थियो । असार १२ गते नतिजा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो।

२८. असार १३ कैलालीको गोदावरी नगरपालिक का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। उनी फोक्सोको क्यान्सरबाट पीडित थिए।

२९. रौतहटका ३० वर्षीय पुरुषको असार १३ गते मृत्यु भएको थियो। स्वासप्रस्वासको  समस्या भएको थियो। तर, उनको कोरोना पुष्टि भएको रिर्पोट १४ गते आएको थियो।

३०.अछाम रामरोशनका ४५ वर्षीय पुरुषको बयलपाटा अस्पतालमा असार १४ गते मृत्यु भयो। स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो। उनी मधुमेहका बिरामी थिए। मृत्युपछि नमुना परीक्षण गर्दा १६ असारमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

३१. म्याग्दी जिल्ला धौगालिरी नगरपालिका-४ का ४९ दिनका शिशुको त्रिवि शिक्षण अस्पतालमा असार १७ गते मृत्यु भएको थियो। शिशुको मृत्यु हुनु ३ दिन अगाडि नै कोरोना पुष्टि भएको थियो।

३२. काठमाडौं नयाँ बानेश्वर बस्ने उच्च रक्तचाप र पार्किन्सनका बिरामी रहेका ८५ वर्षीय वृद्धको असार १७ गते मृत्यु भएको थियो। उनको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो। असार १९ गते कोरोना पुष्टि भएको जानकारी दिइएको थियो।

३३. गोरखा पालुङटार ४४ वर्षका पुरुषको असार २० गते मृत्यु भयो। असार १९ गते कोरोना पुष्टि भएको थियो। उनी कतारबाट नेपाल फर्किएपछि पालुङटार क्वारेन्टाइनमा राखिएको थियो।

३४. असार १७ गते त्रिवि शिक्षण अस्पतालमा उपचाररत रुपन्देही देवदहका ७५ वर्षीय पुरुषको मृत्यु भएको थियो। उनी क्षयरोगका  बिरामी थिए। उनलाई कोरोना भएको पुष्टि असार २० गते भएको थियो।

३५. बाग्लुङ निसिखोला घर भएका २९ वर्षीय पुरुषको असार २१ गते निधन भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी भारतबाट क्षयरोगको उपचार गराई नेपाल फर्किएका थिए।

३६.असार २६ गते काठमाडौं वडा नं १० शंखमूलका ६० वर्षीय पुरुषको उपचारको क्रममा पाटन अस्पतालमा असार २६ गते मृत्यु भएको थियो। फोक्सोमा पानी जमेको र मिर्गौलामा समस्या भएपछि उनी असार १६ गते अस्पताल भर्ना भएका थिए। उपचारका क्रममा गरिएको कोरोना परीक्षणको पुष्टि असार १७ गते भएको थियो।

३७. असार २५ गते सिन्धुपाल्चोकका ४५ वर्षीय कोरोना संक्रमित एक पुरुषको पाटन अस्पतालमा मृत्यु भएको थियो। क्षयरोगको उपचारका लागि असार १८ गते पाटन अस्पतालमा भर्ना भएका उनको २५ गते मृत्यु भएको थियो। उनको असार २२ गते कोरोना पुष्टि भएको थियो।

३८. असार २५ गते काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कजेल (केएमसी) अस्पतालमा मृत्यु भएका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। उनको कोरोना पुष्टि भएको अस्पतालले भएको थियो। उनी पुरुष काठमाडौंको गोकर्ण निवासी हुन्। उनी असार १९ गते भर्ना भएका थिए। स्वाथ्य मन्त्रालयका अनुसार ती पुरुष मिर्गौलाका बिरामी थिए।

३९. असार ३१गते रौतहटका पर्रोहा नगरपालिका वडा नं ७ का ३६ वर्षीय पुरुषको उपचारको क्रममा नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएको थियो। उनलाई रुघाखोकी, ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको थियो।  

४०.साउन २ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–६ का ७२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो। उनी मुटु रोगी ती पुरुषमा मधुमेहको समस्या समेत थियो।

४१. साउन ६ गते भर्ना अस्पताल भर्ना गरिएका जनकपुर नगरपालिका धनुषा एक पुरुषको मृत्यु भएको थियो। ती व्यक्तिको भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो।

४२. साउन ७ गते त्रिवि शिक्षण अस्पतालको आइसियूमा उपचाररत कोरोना संक्रमित एक चिनियाँ नागरिकको मृत्यु भएको थियो। मुटुको समस्या भएकी ४८ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालमा मृत्यु भएको थियो।

४३. साउन ६ गते नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज ६, माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको थियो। श्वासप्रश्वासमा समस्या देखिएका उनी साउन ६ गते बिहान अस्पताल भर्ना भएका थिए। अस्पताल भर्ना भएकै दिन साँझ ६ बजे उनको मृत्यु भएको थियो। 

४४. साउन ९ गते नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज-११, श्रीपुर रसीघाटकी ८५ वर्षीय महिलाको मृत्यु भएको थियो। उनी मुटुरोगी थिइन्। उनलाई निमोनिया समेत भएको थियो।

४५.साउन ९ गते नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत परवानीपुर-८ बाराकी १७ वर्षीया किशोरीको शुक्रबार मृत्यु भएको थियो। जापानिज इन्सेफ्लाइटिसको आंशकामा वीरगञ्ज हेल्थ केयर सेन्टरमा उपचाररत उनको आरडिटी पोजिटिभ देखिएपछि साउन ९ गते कोभिड अस्पतालमा रेफर गरिएको थियो। सोही दिन उनको मृत्यु भएको थियो।

प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  १६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्नीको जिम्मामा प्रहरीको गणबाट रिहा भए रमेश लेखक
पक्राउ परेको १३ दिनमा ओलीलाई पत्नीको जिम्मा लगाइयो
सुनचाँदीको मूल्य घट्यो
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
पत्नीको जिम्मामा प्रहरीको गणबाट रिहा भए रमेश लेखक बिहीबार, चैत २६, २०८२
पक्राउ परेको १३ दिनमा ओलीलाई पत्नीको जिम्मा लगाइयो बिहीबार, चैत २६, २०८२
सुनचाँदीको मूल्य घट्यो बिहीबार, चैत २६, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
परराष्ट्रमन्त्री खनाल आज मौरिसस जाँदै बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सार्वजनिक यातायातको भाडा बढ्यो, कुनमा कति ? बुधबार, चैत २५, २०८२
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुन’ आग्रह बुधबार, चैत २५, २०८२
आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्