• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
थप ३ कोरोना संक्रमितको मृत्यु भएको पुष्टि, यी हुन् नेपालमा मृत्यु भएका ४८ संक्रमित
64x64
नेपाल लाइभ सोमबार, साउन १२, २०७७  १६:३०
1140x725

काठमाडौं- सोमबार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयले दिएको जानकारी अनुसार एक जना भारतीय र दुई जना नेपाली कोरोना संक्रमितको मृत्यु भएको हो। 

वीरगञ्जको गण्डक अस्थायी कोभिड-१९ अस्पतालमा उपचारत भारत विहारका ६५ वर्षीय पुरुषको साउन ११ गते मृत्यु भएको हो।  स्वास्थ्य अवस्था बिग्रँदै गएपछि साउन १० उनलाई आइसियुमा भर्ना गरिएको थियो। उनी मधुमेहका बिरामी थिए। उनको स्वाब परीक्षणको रिपोर्ट मृत्युपछि आएको हो। रिपोर्टमा कोरोना पोजिटिभ आएको हो। 

यस्तै धनुषा जिल्ला सहिदनगर नगरपालिकाका ३६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि साउन ११ मा नै मृत्यु भएको छ। उनमा ज्वरो खोकीका लक्षण देखिएका थिए। उनलाई प्रादेशिक अस्पताल जनकपुरबाट धरान लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

यसैगरी बारा जिल्लाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको पनि साउन १२ गते मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो। उनी न्युमोनिया र मस्तिष्कघातका बिरामी थिए। 

यी हुन् यसअघि मृत्यु भएका ४५ संक्रमित
१. सिन्धुपाल्चोकी २९ वर्षीया महिलाको जेठ २ गते धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। उनी १० दिनकी सुत्केरी थिइन्। श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि उनलाई धुलिखेल अस्पताल लगिएको थियो। अस्पतालमा उनको मृत्यु भयो। मृत्युपछि गरिएको पिसिआर परीक्षणमा उनमा कोरोना पोजिटिभ आएको थियो। 

२. वैसाख ३० गते भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका बाँके नरैनापुरमा २५ वर्षीय युवकको जेठ ४ गते मृत्यु भयो। मृत्यु हुनुअघि उनलाई निरन्तर वाकवाकी र झाडापखाला लागेको बताइएको थियो। स्वास्थ्य मन्त्रालयले उनको मृत्युपश्चात् कोरोना संक्रमण भएको पुष्टि गरेको थियो।

३. रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका गुल्मीका ४१ वर्षीय शिक्षकको जेठ ८ गते मृत्यु भएको थियो। उनी जन्डिसको उपचार गराइरहेका थिए। उपचारका क्रममा उनलाई कोरोना भाइरस पुष्टि भएको थियो।

४. जेठ ४ गते बाराका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो। तर स्वास्थ्य मन्त्रालयले उनको मृत्युको पुष्टि जेठ १२ गते गरेको थियो। मन्त्रालयकाअनुसार उनलाई क्षयरोग र श्वारप्रश्वासको समस्या थियो।

५. कलेजोको समस्या भई किस्ट अस्पतालमा उपचाररत ललितपुर बुङमतीका ५६ वर्षीय पुरुषको जेठ १४ गते मृत्यु भएको थियो। उनलाई १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।


६. भारतबाट फर्किँदै गर्दा जेठ १० गते बाटैमा मृत्यु भएका अर्घाखाँचीको भूमिकास्थान घर भएका ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो। मृत्युपश्चात् गरिएको पिसिआर परीक्षणमा उनलाई कोरोना भएको पुष्टि भएको थियो।

७. दैलेखको दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा जेठ १९ गते ३५ वर्षीय पुरुषको मृत्यु भएको थियो।

८. बाबुआमासँगै बाजुराको धुरालसैन माविको क्वारेन्टाइनमा रहेकी २ वर्षकी बालिकाको जेठ १८ गते मृत्यु भएको थियो। उनलाई निमोनिया भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

९. जेठ २१ गते दोलखा घर भएका ७६ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो। उनलाई हेमोरेजिक स्ट्रोक भई शल्यक्रिया गरिएको थियो। उनको काठमाडौं मेडिकल कलेज सिंगामंगलमा उपचारका क्रममा जेठ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि शिक्षण अस्पताल महाराजगञ्ज आइसियूमा सारिएको थियो।

१०.जेठ २० गते पाल्लामा एक संक्रमितको मृत्यु भयो। पाल्पा सिलुवाखोलाका क्वारेन्टाइनमा ४५ वर्षीय पुरुषलाई निमोनिया देखिएको थियो। उनको मृत्युपश्चात् पिसिआर जाँच गर्दा कोरोना देखिएको थियो।

११. सुर्खेत पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकको जेठ २३ गते मृत्यु भएको थियो। जेठ ७ गते भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका उनको आरटिडी परीक्षण गर्दा नेगेटिभ आएपछि जेठ २२ गते घर पठाइएको थियो। तर उनको २३ गते मृत्यु भयो। मृत्युपछि गरिएको पिसिआर जाँचको रिर्पोट पोजिटिभ आएको थियो।

१२. डोल्पाका जगदुल्ला गाउँपालिका-३ घर भएका ५८ वर्षीय पुरुषको जेठ २२ गते मृत्यृ भएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पिसिआर परीक्षण गर्दा जेठ २४ गते कोरोना पुष्टि भएको थियो।

१३. धनगढी ४ की मृगौलाको समस्या भएकी ५५ वर्षकी महिलाको सेती अस्पतालमा डायलसिस गर्ने क्रममा जेठ २३ गते मृत्यु भएको थियो। उनको जेठ २४ गते कोरोना पुष्टि भएको थियो।

१४. स्याङ्जा जिल्ला वालिङ नगरपालिका घर भएका ५८ वर्षीय पुरुषको जेठ २६ गते मृत्यु भएको थियो। उनी मिर्गौला रोगी थिए। मृत्युपछि गरिएको पिसिआरमा कोरोना पुष्टि भएको थियो।

१५. चितवन भरतपुर-११ का निमोनिया भएका पुरुषको जेठ २७ गते मृत्यु भएको थियो। 

१६. अर्घाखाँचीको मालारानीको क्वारेन्टाइनमा बसेका ५७ का पुरुषको जेठ २९ गते मृत्यु भयो।

१७. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका घण्टाघरमा २५ वर्षीय युवकको २८ जेठमा मृत्यु भएको थियो। बेवारिसे लास फेला परेकोमा पोस्टमार्टमका लागि लगिएको र स्वाब परीक्षण गर्दा जेठ ३० गते कोरोना भाइरसको संक्रमण भेटिएको छ।

१८. जेठ ३० गते बारा जिल्ला निजगढ नगरपालिका-६ योजनाटोल निवासी ५ वर्षीय बालकको मृत्यु भएको थियो। उनलाई कफ र ज्वरो देखिएको थियो। उपचारका क्रममा उनको नारायणी अस्पताल वीरगञ्ज मृत्यु भएको थियो।

१९. गुल्मीका ३६ वर्षीय पुरुषको रेसुङ्गामा आइसोलेसनमा जेठ ३१ गते मृत्यु भएको थियो। उनी क्यान्सरका बिरामी थिए।

२०. बाँकेको बैजनाथ गाउँपालिका-६ की ४६ वर्षीया महिलाको असार १ गते मृत्यु भएको थियो। फोक्सो, मिर्गौला र प्यारालाइसिलकी समस्या थियो। कोरोना पुष्टि भने असार ३ गते भएको थियो।

२१. कैलाली, गोदावरी नगरपालिकाका ४६ वर्षीय पुरुषको जेठ ३१ गते मृत्यु भएको थियो।

२२. असार २ गते कैलालीको लम्किचुहाकी ४३ वर्षकी महिला मृत्यु भएको थियो। टाउकोमा चोट लागेपछि नेपालगञ्ज मेडिकल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।असार ३ गते आएको पिसिआर रिर्पोटमा कोरोनाको पुष्टि भएको थियो।

२३. गुल्मी जिल्ला छत्रकोट गाउँपालिका-५ महेन्द्रनाडा ६९ का पुरुष प्यारालाइसिसको उपचारका लागि भारत गएको उनको असार ५ गते मृत्यु भएको थियो। 

२४. दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षीय पुरुषको असार ८ गते सुर्खेत अस्पतालको आइशोलेशनमा मृत्यु भएको थियो। उनी क्षयरोग तथा दमको बिरामी थिए।

२५. स्याङ्जाको आँधीखोलाका ५६ वर्षीय पुरुषको असार १० गते मृत्यु भएको थियो। उनको असार ११ गते कोरोनाको पुष्टि भएको रिर्पोट आएको थियो।

२६. काठमाडौंका ४९ वर्षीय पुरुषको असार ११ गते पाटन अस्पतालमा मृत्यु भएको थियो। उनले ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गराएका थिए।

२७. दाङको राप्ती अस्पताल नजिकै अचेत अवस्थामा भेटिएकी अन्दाजी ३० वर्षकी महिलाको असार ११ गते मृत्यु भएको थियो । असार १२ गते नतिजा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो।

२८. असार १३ कैलालीको गोदावरी नगरपालिक का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। उनी फोक्सोको क्यान्सरबाट पीडित थिए।

२९. रौतहटका ३० वर्षीय पुरुषको असार १३ गते मृत्यु भएको थियो। स्वासप्रस्वासको  समस्या भएको थियो। तर, उनको कोरोना पुष्टि भएको रिर्पोट १४ गते आएको थियो।

३०.अछाम रामरोशनका ४५ वर्षीय पुरुषको बयलपाटा अस्पतालमा असार १४ गते मृत्यु भयो। स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो। उनी मधुमेहका बिरामी थिए। मृत्युपछि नमुना परीक्षण गर्दा १६ असारमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

३१. म्याग्दी जिल्ला धौगालिरी नगरपालिका-४ का ४९ दिनका शिशुको त्रिवि शिक्षण अस्पतालमा असार १७ गते मृत्यु भएको थियो। शिशुको मृत्यु हुनु ३ दिन अगाडि नै कोरोना पुष्टि भएको थियो।

३२. काठमाडौं नयाँ बानेश्वर बस्ने उच्च रक्तचाप र पार्किन्सनका बिरामी रहेका ८५ वर्षीय वृद्धको असार १७ गते मृत्यु भएको थियो। उनको ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो। असार १९ गते कोरोना पुष्टि भएको जानकारी दिइएको थियो।

३३. गोरखा पालुङटार ४४ वर्षका पुरुषको असार २० गते मृत्यु भयो। असार १९ गते कोरोना पुष्टि भएको थियो। उनी कतारबाट नेपाल फर्किएपछि पालुङटार क्वारेन्टाइनमा राखिएको थियो।

३४. असार १७ गते त्रिवि शिक्षण अस्पतालमा उपचाररत रुपन्देही देवदहका ७५ वर्षीय पुरुषको मृत्यु भएको थियो। उनी क्षयरोगका  बिरामी थिए। उनलाई कोरोना भएको पुष्टि असार २० गते भएको थियो।

३५. बाग्लुङ निसिखोला घर भएका २९ वर्षीय पुरुषको असार २१ गते निधन भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी भारतबाट क्षयरोगको उपचार गराई नेपाल फर्किएका थिए।

३६.असार २६ गते काठमाडौं वडा नं १० शंखमूलका ६० वर्षीय पुरुषको उपचारको क्रममा पाटन अस्पतालमा असार २६ गते मृत्यु भएको थियो। फोक्सोमा पानी जमेको र मिर्गौलामा समस्या भएपछि उनी असार १६ गते अस्पताल भर्ना भएका थिए। उपचारका क्रममा गरिएको कोरोना परीक्षणको पुष्टि असार १७ गते भएको थियो।

३७. असार २५ गते सिन्धुपाल्चोकका ४५ वर्षीय कोरोना संक्रमित एक पुरुषको पाटन अस्पतालमा मृत्यु भएको थियो। क्षयरोगको उपचारका लागि असार १८ गते पाटन अस्पतालमा भर्ना भएका उनको २५ गते मृत्यु भएको थियो। उनको असार २२ गते कोरोना पुष्टि भएको थियो।

३८. असार २५ गते काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कजेल (केएमसी) अस्पतालमा मृत्यु भएका ५४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। उनको कोरोना पुष्टि भएको अस्पतालले भएको थियो। उनी पुरुष काठमाडौंको गोकर्ण निवासी हुन्। उनी असार १९ गते भर्ना भएका थिए। स्वाथ्य मन्त्रालयका अनुसार ती पुरुष मिर्गौलाका बिरामी थिए।

३९. असार ३१गते रौतहटका पर्रोहा नगरपालिका वडा नं ७ का ३६ वर्षीय पुरुषको उपचारको क्रममा नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएको थियो। उनलाई रुघाखोकी, ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको थियो।  

४०.साउन २ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–६ का ७२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो। उनी मुटु रोगी ती पुरुषमा मधुमेहको समस्या समेत थियो।

४१. साउन ६ गते भर्ना अस्पताल भर्ना गरिएका जनकपुर नगरपालिका धनुषा एक पुरुषको मृत्यु भएको थियो। ती व्यक्तिको भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो।

४२. साउन ७ गते त्रिवि शिक्षण अस्पतालको आइसियूमा उपचाररत कोरोना संक्रमित एक चिनियाँ नागरिकको मृत्यु भएको थियो। मुटुको समस्या भएकी ४८ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालमा मृत्यु भएको थियो।

४३. साउन ६ गते नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज ६, माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको थियो। श्वासप्रश्वासमा समस्या देखिएका उनी साउन ६ गते बिहान अस्पताल भर्ना भएका थिए। अस्पताल भर्ना भएकै दिन साँझ ६ बजे उनको मृत्यु भएको थियो। 

४४. साउन ९ गते नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज-११, श्रीपुर रसीघाटकी ८५ वर्षीय महिलाको मृत्यु भएको थियो। उनी मुटुरोगी थिइन्। उनलाई निमोनिया समेत भएको थियो।

४५.साउन ९ गते नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत परवानीपुर-८ बाराकी १७ वर्षीया किशोरीको शुक्रबार मृत्यु भएको थियो। जापानिज इन्सेफ्लाइटिसको आंशकामा वीरगञ्ज हेल्थ केयर सेन्टरमा उपचाररत उनको आरडिटी पोजिटिभ देखिएपछि साउन ९ गते कोभिड अस्पतालमा रेफर गरिएको थियो। सोही दिन उनको मृत्यु भएको थियो।

प्रकाशित मिति: सोमबार, साउन १२, २०७७  १६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी
बिपी राजमार्गको काभ्रे-खण्डमा राति सवारी चलाउन रोक
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
बिपी राजमार्गको काभ्रे-खण्डमा राति सवारी चलाउन रोक शुक्रबार, असार २०, २०८२
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड शुक्रबार, असार २०, २०८२
बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु शुक्रबार, असार २०, २०८२
क्रिकेटका पारखी किरोजको एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सिन्धुली खुर्कोटबाट काठमाडौँ जाने सडकमा ३० दिन सवारी सञ्चालनमा रोक (सुचनासहित) शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्