सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा कोरोना संक्रमण शून्य भएको छ। उपचाररत काेरोना संक्रमितहरु पनि निको भएपछि सोमबारदेखि सिन्धुपाल्चोक संक्रमणमुक्त जिल्ला भएको हो।
जिल्ला अस्पतालका प्रमुख दुर्गादत्त चापागाईंका अनुसार जिल्लामा कोरोना संक्रमण पुष्टि भएका ६५ जना मध्ये २ जनाको निधन भएको छ। बाँकी ६३ जनाले कोरोनालाई जित्न सफल भएको उनले बताए।
प्रमुख चापागाईंले कोरोना विरुद्धको लडाइँमा प्रत्यक्ष अप्रत्यक्ष योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गरे। ‘जिल्ला आज शून्य संक्रमणको अवस्था भएपनि पुनः संक्रमण देखिन सक्ने जोखिम कायम रहेको छ,’ चापागाईंले भने, ‘थप सचेतना अपनाउँदै सामाजिक दूरी कायम राख्ने, भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग गर्ने, बारम्बार साबुन पानीले हात धुने वा स्यानिटाइजरकाे प्रयोग गर्नुपर्ने हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।