प्रतीकात्मक तस्बिर
काठमाडाैं- काठमाडौं महानगरपालिका वडा नम्बर २७ महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने २ जनामा कोरोना संक्रमण देखिएपछि वडा कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ। भारत स्थायी घर भई महाबौद्ध क्षेत्रमा व्यवसाय गर्ने दुई जनामा कोरोना देखिएपछि उनीहरूको सम्पर्कमा आएकाहरूलाई कोरोना परीक्षण गराउनका लागि वडाले सार्वजनिक सूचना जारी गरेको हो।
वडा अध्यक्ष चिनियामान बज्राचार्यले जारी गरेको सूचनामा भनिएको छ, 'भारत घर भई गोसिफल डेरा गरी बस्ने महाबौद्ध गणेश मन्दिर नजिक पसल गरिरहेका दुई जनामा कोरोना देखिएकाले निजसँग संसर्ग हुने महानुभावले यथासिघ्र स्वास्थ्य परीक्षण गर्न अनुरोध छ।'
वडा कार्यालयले गणेश मन्दिरदेखि महाबौद्ध स्तुपासम्मका व्यवसायीहरूको पीसीआर रिपोर्ट नआएसम्म सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।