बाँके- पौडी खेल्ने क्रममा डुबेर बाँकेमा दुई बालकको मृत्यु भएको छ।
जिल्लाको बैजनाथ गाउँपालिका–६ स्थित मानखोलामा पौडी खेल्ने क्रममा सोही ठाउँका तिलक खड्काका १२ वर्षीय छोरा सन्तोष खड्का र कर्णबहादुर बस्नेतका १३ वर्षीय छोरा चन्द्र बस्नेतको गए राति मुत्यु भएको बाँके प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।