काठमाडौं-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पुगेको दाबी गरेका छन्।
पुष्पलाल स्मृति दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी संकटमा रहेको बताए। ‘ किनकि पार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको छ,’ उनले भने।
अर्का अध्यक्ष ओलीतिर संकेत गर्दै उनले पार्टी बैठक चलिरहेकै बेला देशभर केही कार्यकर्तालाई जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाइएकोसमेत उल्लेख गरे। सडकमा आफ्ना पक्षमा नारा लगाउनु पर्ने आवश्यकता नहुदाँ नहुँदै त्यसरी सडकमा उत्रनुले एमाले दर्तामा प्रधानमन्त्रीको हात रहेको देखिने दाहालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।