काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देव गुरुङले जनताको बहुदलीय जनवादले समाजवादमा पुग्न नसकिने प्रतिक्रिया दिएका छन्। नेपाली कम्युनिष्ट आन्दोलनका एक कर्मठ नेता नरबहादुर कर्मचार्यको स्मृति सभामा पत्रकारलाई प्रतिक्रिया दिँदै नेकपाका प्रमुख सचेतक गुरुङले जनताको बहुदलीय जनवाद समान्तवादसँग सहकार्यमात्र गर्न हुने प्रतिक्रिया दिए।
‘समान्तवादसँग घुडा टेक्दै जाने हो भने यही जनताको बहुदलीय जनवादले सहयोग पुर्याउने छ,’ गुरुङले भने, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै समाजवादमा जाने हो भने नयाँ रुपमा सोच्न जरुरी छ।’ कर्मचार्य एक निष्ठामान कम्युनिष्ट नेता भएको र उनको जीवनशैलीबाट धेरै सिक्नुपर्ने गुरुङले बताए। पार्टीभित्र चलिरहेको आन्तरिक संघर्षलाई छिट्टै समाधान गर्नुपर्ने उनले बताए।
‘अहिले पार्टीभित्र जे जस्ताे समस्या पैदा भएको भए पनि त्यसको समाधान गर्नेुपर्ने छ,’ गुरुङले भने, ‘यो समस्या समाधान गर्नुको विकल्प छैन।’ सही क्रान्तिकारी विचारमा रहेर बहस गरियो भने सही रुपान्तरण हुने नत्र गलत दिशामा बहस जाने उनले बताए। अहिलको संकटको निकास शान्ति प्रक्रिया, राष्ट्रियता र जनतालाई केन्द्रमा राखेर गरेमा समाधन हुने उनले बताए।
समाजवाद उन्मुख जनताको जनवाद अहिलेको आवश्यकता भएको उनले बताए। बहुदलीय सामान्तवाद र साम्राज्यवादलाई विस्थापित गर्न यसबाट सम्भव नभएको उनले बताए। राष्ट्रिय स्वाधिनतालाई रक्षा गर्दै समाजवादतर्फ जानुपर्ने अवस्था रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।