काठमाडाैं- जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतिर जाँदै गरेकाे भन्दै सकंटमाेचनका लागि सुझाव दिएका छन्। उनले शुक्रबार ट्विट गर्दै लाेकतान्त्रिक ढंगबाट संकटमाेचन गर्न सुझाएका हुन्।
भट्टराईले संकटमाेचनका लागि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गरेर नेकपाभित्रबाटै नयाँ प्रधानमन्त्रीकाे चयन गर्न सकिने भन्दै ५ वटा सुझाव अघि सारेका छन्। उनले लेखेका छन्, '१.संसद अधिवेशन बोलाऊँ, २. केपी ओलीलाई बिदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं, ३.अपराधका संरक्षक न्यायाधीशमाथि महाअभियोग लगाऊँ, भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गरौं, ५. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ!'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।