काठमाडौं- नेपाली कांग्रेसका नेताहरुले निर्वाचनमा पराजय भएपछिको समयमा एकढिक्का भएर अघि बढ्नुपर्ने धारणा राखेका छन्।
झापा क्षेत्र नम्बर १-काठमाडौं सम्पर्क समितिले झापा जिल्लाबाट राष्ट्रियसभा तथा प्रतिनिधि र प्रदेशसभामा निर्वाचित सांसदहरुलाई सम्मान गर्न आयोजित कार्यक्रममा नेताहरुले पार्टीभित्र गुटको अन्त्य गरी अगाडि बढ्नुपर्नेमा जोड दिए।
पद्मकन्या क्याम्पस बागबजारमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, धनराज गुरुङ, गगन थापा, गुरुराज घिमिरे र पार्टी प्रवक्ता विश्व प्रकाश शर्मा लगायतले बोलेका थिए।
कार्यक्रममा झापा क्षेत्र नम्बर १ बाट देशका विभिन्न क्षेत्रमा विशिष्टता हासिल गरेका व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।