काठमाडौं- नेकपा एमालेसँग पार्टी एकता गर्ने प्रकिया अगाडि बढे पनि विभिन्न विषयमा सहमति जुट्न बाँकी रहँदा माओवादी केन्द्रले आइतबार बिहान हेडक्वाटर बैठक बोलाएको छ।
बिहान ७ बजे बोलाइएको बैठकमा पार्टी एकता प्रक्रियाबारे छलफल गरिने हेडक्वाटर सदस्य मणि थापाले जानकारी दिए।
दुई पार्टीबीचको एकता केन्द्रीय नेताहरुको व्यवस्थापन, जनयुद्ध, एकीकृत पार्टीको चुनाव चिह्न जस्ता विषयमा अड्किएको छ।
यसैबीच आइतबार नै कम्युनिस्ट पार्टीको एकता दिवसको अवसरमा आयोजना हुने कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टी एकताप्रति प्रतिबद्धता जनाउने भएका छन्।
दुवै नेताले पछिल्ला केही दिनयता कार्यदलले पार्टी एकता संयोजन समितिलाई बुझाएको प्रतिवेदनमा निरन्तर छलफल गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।