काठमाडौं- स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ। यो सँगै नेपालमा ४२ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको हो।
बुधबार मृत्यु भएका एक जना चिनियाँ नागरिक हुन् भने अर्का एक जना भने धनुषाका स्थायी बासिन्दा हुन्। ४९ वर्षीय चिनियाँ नागरिकको त्रिवि शिक्षण अस्पतालमा साउन ७ मा मृत्यु भएको हो। यस्तै धनुषाको जनकपुर उपमहानगरका ६० वर्षीय पुरुषको स्वास्थ्यमा समस्या भएकर साउन २ गते बिपी कोइराला स्वसा्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। उनको साउन ६ गते मृत्यु भएको हो।
बुधबार थप २०७ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
योसहित नेपालमा हालसम्म १२ हजार ६८४ उपचारपछि निको भएका छन्। विगत २४ घण्टायता ३ हजार ७७९ जनाको पिसिआर परीक्षण भएको छ।
हाल ५ हजार ३ सय ७० जना सक्रिय संक्रमित रहेका छन् भने २० हजार ८४२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।