काठमाडौं- विगत २४ घण्टायता नेपालमा थप १ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
पछिल्लो पटक थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार ९४ जना पुगेको छ। हाल ५ हजार ३ सय ६८ जना संक्रमितको उपचार भइरहेको छ।
विगत २४ घण्टायता ३ हजार ७७९ जनाको पिसिआर परीक्षण भएको छ।
बुधबार थप २०७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १२ हजार ६८४ उपचारपछि निको भएका छन्। विगत २४ घण्टायता ३ हजार ७७९ जनाको पिसिआर परीक्षण भएको छ।
हालसम्म नेपालमा ४२ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ। बुधबार थप दुई जना संक्रमितको मृत्यु भएको हो। उनीहरूमध्ये एक जना चिनियाँ नागरिक हुन् भने अर्का एक जना भने धनुषाका स्थायी बासिन्दा हुन्। धनुषाका व्यक्तिको भने साउन ६ गते मृत्यु भएको हो।
हाल ५ हजार ३ सय ७० जना सक्रिय संक्रमित रहेका छन् भने २० हजार ८४२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।