• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस ६, २०८२ Sun, Dec 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

व्यवसायीले अनावश्यक संरक्षण खोज्न थाले- अर्थमन्त्री

64x64
नेपाल लाइभ बुधबार, साउन ७, २०७७  १६:०२
1140x725

काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले व्यवसायीहरूले अनावश्यक संरक्षण माग्न थालेको बताएका छन्। संसदको उपभोक्ता हित संरक्षण समितिको बैठकमा मन्त्री खतिवडाले उद्योगीहरूले पहिले कच्चा पदार्थ र तयारी वस्तुमा एक तहको भन्सार अन्तर कायम हुनुपर्ने माग गर्ने गरेकोमा अहिले दुई तहको अन्तर माग गर्न थालेको भन्दै धेरै संरक्षण खोज्दा त्यसले उपभोक्तालाई महँगो पर्न सक्ने उल्लेख गरे। 

'केही अपवादबाहेक कच्चा पदार्थ र तयारी वस्तुमा एक तहको भन्सार दर अन्तर गरिएको छ। तर, स्वदेशी उत्पादक साथीहरूले अहिले दुई तहको अन्तर माग गर्न थाल्नु भएको छ, पहिले एक तहको माग्नु हुन्थ्यो,' उनले भने, 'कति प्रतिशत औद्योगिक संरक्षण दियो भने उद्योगको संरक्षण हुन्छ र उपभोक्ताको पनि हित हुन्छ? वस्तुमा अनावश्यक संरक्षण दियो भने मूल्य बढ्छ र उपभोक्ता पनि मारमा पर्छन्।' 

खतिवडाले न्यूनतम १० प्रतिशतदेखि बढीमा २० प्रतिशतको संरक्षणमा उद्योगहरू प्रतिस्पर्धी हुन सक्नुपर्ने बताए। 'हामीले १५ प्रतिशत महँगो भए पनि स्वदेशी वस्तु नै लिनु भन्नुको अर्थ निश्चित संरक्षण भन्ने हो,' उनले भने, 'हामीले जति महँगो भए पनि लिनू भनेका छैनौँ, उपभोक्तालाई पनि हामीले हेर्नुपर्छ।' खतिवडाले १० प्रतिशत पनि मूल्य अभिवृद्धि नहुने वस्तुलाई कच्चा पदार्थ र तयारी वस्तुमा वर्गीकरण गर्न समस्या भइरहेको बताए। 

खतिवडाले २० प्रतिशत संरक्षण दिएपछि उद्योगहरू प्रतिस्पर्धी बन्नुपर्ने उल्लेख गरे। '२० प्रतिशत संरक्षण पाएपछि उद्योगहरु प्रतिस्पर्धी हुनुपर्छ भन्ने मेरो धारणा छ, भन्सार बढाएका कारण भन्सार जोडेर मूल्य अभिवृद्धि होइन, भन्सार विन्दूमा १०० रुपैयाँमा आइपुगेको सामानबाट १२० रुपैयाँ हुने गरी उत्पादन भयो भने बल्ल कच्चा पदार्थ र तयारी वस्तु भनेर छुट्टिन्छ,' उनले भने, 'हामीले छलफल गरेका वस्तुमा ८/१० प्रतिशत मूल्य अभिवृद्धि भएको छ। लामो समय अनुसन्धान गरेकाले म वस्तु नै तोकेर भन्न सक्छु तर यहाँ धेरै कुरा एक्सपोज नगरौँ।' 

मन्त्री खतिवडाले संरक्षण दिँदा मूल्य अभिवृद्धि हुने र उपभोक्ताको हित हुने क्षेत्र हेरेर मात्रै संरक्षण दिइने पनि उल्लेख गरे। 

Ncell 2
Ncell 2

खतिवडाले दातृ निकायबाट ऋण लिँदा भन्सार छुट दिइने भनेर सम्झौता गरिने भएकाले त्यसले समस्या सिर्जना भएको पनि बताए। उनले सोझै भुक्तानी हुने आयोजनामा अझै धेरै यस्ता समस्या रहेको भन्दै त्यसमा पुनर्विचार गर्ने जनाए। निर्माण सामग्रीमा भन्सार छुट दिने विषयमा पुनरावलोकन हुने उल्लेख गरे। 

मन्त्री खतिवडाले प्रतिस्पर्धा कुण्ठित हुने गरी कुनै पनि खरिद नहुने बताएका छन्। कानुनी व्यवस्था कठोर गरेर र वस्तुको स्पेसिफिकेसन नै कुनै निश्चित वस्तु लक्षित गरेर बनाउँदा प्रतिस्पर्धा कुण्ठित हुन सक्ने भएकाले ठेक्कासम्बन्धी कागजात बनाउँदा ध्यान दिनुपर्ने खतिवडाले उल्लेख गरे। खतिवडाले नेपाल औद्योगिक विकासमा अघि बढेको भन्दै कानुन निर्माण गर्दा स्वदेशी उत्पादनलाई हेर्ने उल्लेख गरे। 

खतिवडाले एकाधिकार कायम भएका वस्तुको खरिद गर्दा सोझै खरिद गर्दा विचार पुर्‍याउनुपर्ने पनि बताए। खतिवडाले खरिद विधिलाई व्यवस्थित गर्न सरकारले कानुन संशोधनको तयारी गरेको पनि जानकारी दिए। आफूले उपलब्ध गराउने वस्तुको गुणस्तर कायम गर्न निजी क्षेत्र तयार हुनुपर्नेमा उनले जोड दिए। 

खतिवडाले आत्मनिर्भर हुने वस्तु परिभाषित रहेको भन्दै आत्मनिर्भर हुन सक्ने वस्तुलाई संरक्षण दिइएको उल्लेख गरे। उनले कर र भन्सारका नीति तर्जुमा गर्दा ती विषयलाई हेरिएको पनि बताए। संघ, प्रदेश र स्थानीय तहले दोहोरो कर लगाएको विषय केही समयअघिसम्म समस्याका रूपमा रहे पनि अहिले त्यो समाधान भएको उनले उल्लेख गरे।

प्रकाशित मिति: बुधबार, साउन ७, २०७७  १६:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इमरान खान दम्पतीलाई १७–१७ वर्ष जेल सजाय
भारत भ्रमणमा जाँदै डा. बाबुराम भट्टराई,  यस्ता छन् कार्यक्रम
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ६३... शनिबार, पुस ५, २०८२
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य शुक्रबार घटेर २ लख ५८ हजार ४०... शुक्रबार, पुस ४, २०८२
तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छ : अर्थमन्त्री खनाल युवापुस्ता जेनजीको आन्दोलनको तीन महिनामा नेपालको अर्थतन्त्रमा पुरुत्थान हुँदै गएको भन्दै उनले यसअवधिमा करिब १० प्रतिशतले राजस्व वृद्... बिहीबार, पुस ३, २०८२
ताजा समाचारसबै
इमरान खान दम्पतीलाई १७–१७ वर्ष जेल सजाय आइतबार, पुस ६, २०८२
भारत भ्रमणमा जाँदै डा. बाबुराम भट्टराई,  यस्ता छन् कार्यक्रम आइतबार, पुस ६, २०८२
आज दुई संसदीय समितिको संयुक्त बैठक बस्दै आइतबार, पुस ६, २०८२
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन आइतबार, पुस ६, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
मधेसमा रामआशिष यादवलाई सभामुख बनाउने सहमति शनिबार, पुस ५, २०८२
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि मापदण्ड: यौन उत्पीडनमा संलग्न अयोग्य, जेनजी अनिवार्य शनिबार, पुस ५, २०८२
मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्त भएर हेलिकप्टरमा झुन्डिएर भागे : रवि लामिछाने शनिबार, पुस ५, २०८२
रवि लामिछानेले भने- चितवनले मलाई होइन, देशलाई न्याय गर्नेछ शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्