डोटी- डोटीको शिखर नगरपालिका–३ आली गाउँमा शनिबार दिउँसो यात्रु बोकेको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा १६ जना घाइते भएका छन्।
दिपायलबाट जोरागाउँतर्फ जाँदै गरेको शैलेश्वरी यातायातको ग१ज ५२७५ नम्बरको जिप गाउँ नजिकै खोलामा दुर्घटनामा परेको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा शिखर नगरपालिका–३ जोरगाउँकै ४० वर्षीया खिन्तुरी भुल, ३२ वर्षीया कटी सार्की र १४ वर्षीय बालक सुरज भुलको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ।
प्रहरी र स्थानीयवासी मिलेर घाइतेहरुको उद्धार जारी रहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक दिलबहादुर कुँवरले जानकारी दिए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।