काठमाडौं- सप्तरीको राजविराज नगरपालिकाले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको छ। साउन ७ गतेदेखि लागू हुने गरी थप कडाइ गर्ने निर्णय राजविराज नगरपालिकाले साउन ६ गते गरेको हो। यता संघीय सरकारले भने साउन ७ गते सुरु हुनेबित्तिकै लकडाउन हटाउने निर्णय गरिसकेको छ।
२०७७ श्रावण ७ गते देखि अर्को सूचना जारी नहुन्जेलसम्म राजविराज नगरक्षेत्र भित्र पूर्ण रुपमा लकडाउन गर्ने नगरपालिकाको निर्णय छ।
‘लकडाउन अवधिमा अत्यावश्यक सेवाहरु बाहेक सम्पूर्ण बजार, पसल, व्यवसाय, सरकारी, गैर सरकारी कार्यालयहरु र वित्तीय संस्थाहरु पूर्णरुपले बन्द गरी लकडाउनको पूर्ण पालना गरि दिन हुन सम्पूर्ण नगरबासीहरुमा हार्दिक अनुरोध गर्दछौं। लकडाउनको पूर्ण पालना गर्न अनावश्यक रुपमा घर बाहिर ननिस्कन नगरपालिकाको अपिल छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।