बारा- कलैया उपमहानगरपालिकामा नेकपा एमाले डेढ सय मतले अगाडि देखिएको छ।
पछिल्लो नतिजाअनुसार एमालेका मेयर उम्मेदवार विनोद साहको ९५३४ मत हुँदा कांग्रेसका राजेश राय यादवले ९३८४ मत प्राप्त गरेका छन्।
बाराको १६ स्थानीय तहमध्ये एमालेले जितपुर सिमरा उपमहानगरपालिका र बाराको कोल्हवी नगरपालिकामा मात्र जित हासिल गरेको छ। आदर्श कोटवा गाउँपालिकामा जारी मतगणनामा पनि एमालेले लिड गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।