काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ। बैठक निर्धारित समयभन्दा झण्डै दुई घण्टापछि सुरु भएको हो।
गत असार १६ गतेकाे बैठकमा सरकारको समीक्षा गर्ने क्रममा केपी ओलीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दुवै पदबाट राजीनामा गर्नुपर्ने माग उठेपछि विवाद भएको थियो । त्यसयता पटक-पटक बैठक स्थगित हुँदै आएको छ।
पार्टीमा सहमति कायम गर्न दर्जनभन्दा बढी एक पक्षीय र बहुपक्षीय छलफल भए पनि अझै सफल हुन सकेको छैन। असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक मंगलबारै सकिने स्थायी कमिटी सदस्यहरुले दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।