• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

'भारतले बिपीविरुद्ध मातृकालाई उठायो'

केशवमणि दीक्षित मंगलबार, साउन ६, २०७७  ०८:३८
1140x725

एकपल्ट चन्द्रशमशेरले मेरो पिताजी राममणि दीक्षितलाई भने, ‘यो काम कृष्णप्रसाद (बिपीका बाबु) को होइन। उनको नाम त्यसै पोलियो। यो काम युगमायाको हो।’

त्यतिबेला मेरो पिताजी चन्द्रशमशेरकै जागिरे थिए। चन्द्रशमशेरलाई ‘हेर तिम्रो जनताको हालत’ भनेर फाटेको चोलो र थोत्रो धोती पठाउने काम सरदार कालिदासकी श्रीमती युगमायाले गरेकी थिइन्। युगमाया कृष्णप्रसादकी भाउजू (बिपीकी काकी) हुन्। जुद्धशमशेरकै पालमा उनको अगुवाइमा महिला संगठन खुलिसकेको थियो। चेतनाको हिसाबले निकै तीक्ष्ण।

कृष्णप्रसाद व्यापारी थिए, विराटनगर भन्सारको ठेक्का लिएको। पछि मौजा बुझाउन सकेनन्। सबै सम्पत्ति रोक्का भयो। त्यसपछि उनी भारत लागे। त्यहाँ अंग्रेजविरुद्ध आन्दोलनको तयारी भइरहेको थियो। त्यहीँ उनको भेट थुप्रै भारतीय नेताहरुसँग भयो। नयाँ विचार मन्थन गर्ने अवसर जुर्‍यो। राजनीतिक चेतनाको प्रादुर्भाव हुन थाल्यो। 

...
बिपीसँग हाम्रो अर्को सम्बन्ध छ। मेरो पिताजी बिपीको मामा हुनुहुन्थ्यो। उनकी दिदीसँग बुवाको विवाह भएको थियो। घरमा निकै आवतजावत हुन्थ्यो। 

२००७ सालअघि बिपीलाई भेटेको मलाई याद छैन। मातृकाबाबु (मातृकाप्रसाद कोइराला) सँग भने पहिल्यैदेखि भेटघाट हुन्थ्यो। उनी मेरो ब्रतबन्धमा पनि आएका थिए। 

मातृका कर्मचारी थिए, राणाकालमै। मातृका र बिपीको आमा फरक हुन्। मातृका प्रधानमन्त्री हुँदा बिपीको ठूलो भाषण थियो, टुँडिखेलमा। म पनि सुन्न गएको थिएँ। तर, गुण्डागर्दीको शैलीमा बिपीमाथि आक्रमण भयो। मञ्चमा बसेकी सुशीला (बिपीकी श्रीमती) माथि अभद्र व्यवहार गरियो। 

त्यसपछि यी दुई दाजुभाइको झगडा घरमा सीमित रहेन। बाहिरै छताछुल्ल भयो। 

...
बिपी र मातृकाको स्वभावमा आकाशपातालको अन्तर छ। मातृका कूटनीतिक स्वभावका थिए। त्रिभुवनको पनि अत्यन्त प्यारो। उनले पैसा पनि राम्रै कमाए। जहिल्यै राम्रो पदमा रहेर काम गरे। दरबारले खुसी भएर उनलाई जर्नेल पद दिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसको ठिक उल्टो बिपी दुरदर्शी र स्पष्ट राजनीतिक सोच भएका शुद्ध नेता थिए। कुरा केही नलुकाउने। आफ्नो अडानमा चट्टानजस्तै अडिक। मेरो विचारमा यी दाजुभाइ मिलेर काम गरेको भए नेपालको उन्नति हुने थियो। 

बिपी धेरै भारत बसे। त्यही भएर यहाँको प्रशासनिक वातावरणसँग त्यति घुलमिल थिएनन्। तर, मातृकाले सबै बुझेका थिए। उनीसँग प्रशासनमा काम गरेको अनुभव पनि थियो।

...
बिपीलाई सत्तामा नपुर्‍याउन भारत र खासगरी जवाहरलाल नेहरुले गोटी चाले। त्यसमा पनि मातृकाबाबुलाई नै प्रयोग गरियो। 

मोहनशमशेरपछि मातृका प्रधानमन्त्री भए। त्यतिबेला भारतको नांगो हस्तक्षेप देखियो। नेपालीहरुले मातृका प्रधानमन्त्री भएको खबरै भारतीय रेडियोबाट थाहा पाए। २००९ सालमा राजा त्रिभुवन मोहनशमशेरको वर्तमान मन्त्रिमण्डल गठन गर्न नयाँ दिल्ली पुगेका थिए, नेहरुसँग परामर्शका लागि। 

बिपीविरुद्ध त्यतिबेला चार वटा प्रधानमन्त्रीको प्रयोग भयो। केही नलागेपछि २०१५ सालमा निर्वाचन गर्नैपर्ने बाध्यता आयो। बिपीको समयमा देशलाई असर पर्ने कुनै सन्धि सम्झौता भएन। 

...


प्रधानमन्त्री भएपछि पनि बिपी हाम्रो गैरीधारास्थित शान्ति निकेतनमा आइरहन्थे। उनमा एउटा विशेषता थियो, विपक्षीप्रति कहिल्यै उग्र नहुने। राणा शासन ढालेपछि पनि उनले कुनै सभा–समारोहमा राणाको विरोध गरेनन्। 

गणेशमानजीप्रति ठूलो लगाव थियो। नारायणचौरमा बस्दा उनको बैठक कोठामा गणेशमानजीको फोटो थियो। उनी सार्वजनिक रुपमा कसैको विरोध गर्नुपरे गणेशमानजीबाट गर्न लगाउँथे। 

बिपी र मातृकाबीच एकपल्ट हाम्रो घरमा रमाइलो कुरा भएको छ। त्यतिबेला मातृका प्रधानमन्त्री थिए। भाइटीका थियो। बिपी मेरी आमाबाट टिका थाप्न पहिला आइपुगे। प्रधानमन्त्री भएकाले मातृका अलि व्यस्त थिए। मेरो बुवाको खाना खाँदा धोती फेर्ने बानी थियो। बिपीले धोती नफेरी खाए। कुरा उठ्यो। बिपीले भने, ‘म त यस्तै हो। कहाँकहाँ पुग्नुपर्छ। साध्य छैन।’

उनले मातृकाबाबुको कुरा उप्काउँदै भने, ‘भिनाजु (मेरो बुवा) नअत्तालिनुस्। दाजु धोती बोकेर आउनुहुन्छ।’

नभन्दै मातृकाबाबु कागजमा बेरिएको धोती हातमा च्याप्दै गाडबाट ओर्लिए। घरमा हाँसोको माहोला बन्यो। बिपी पनि आफ्नो कुरा पुगेकोमा मुसुमुसु हाँसे। 

मातृकाबाबु धोती फेरेर खाना खाने बेला बिपीले ठट्टा गरे, ‘बाहिर जाँदा दाजु (मातृका) यसरी नै खानुहुन्छ?’

....
बिपीको मन जति सफा थियो, अरुलाई पनि त्यस्तै देख्थे। मेरो जेठो छोराको पास्नीमा बिपी लगायत कांग्रेसका त्यतिबेलाका सबै हस्ती आएका थिए। पिताजीलाई थाहा थियो, घरमा राणाविरोधी कुराबाहेक केही हुँदैन। 

हाम्रो घरमा चन्द्रशमशेरको ठूलो पोट्रेट फोटो थियो। बुवाले फोटोको पाखुरामा लेखिदिनुभयो, ‘मेरो भाग्य विधाता ईश्वर।’

बिपीहरु घर आए। उनले सबैलाई तान्दै आफैले त्यो पोट्रेट देखाए। अरुले त त्यसको अर्थ बुझेनन्। तर, बिपीले पत्तो पाए। त्यसपछि राणाविरोधी उग्र कुरा निस्किएन। 

बिपीको अर्को गजबको स्वभाव थियो। उनी प्रवासमा भए पनि यहाँ कोही बिरामी परे सन्चो–बिसन्चो बुझ्न मान्छे पठाउँथे। 

मेरो पिताजी बिरामी पर्दा मंगलादेवी (गणेशमानकी श्रीमति) लाई बुझन पठाएका थिए। 

(नवीन अर्यालसँगको कुराकानीमा आधारित। यो सामाग्री सर्वप्रथम नेपाल लाइभमा २०७४ भदौ २४ गते प्रकाशित भएको हो।)

प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  ०८:३८
  • #बिपी_कोइराला
  • #BP_Koirala

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छोबीच भेटवार्ता
देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सार्नु उपयुक्त : नैनसिंह महर
मेसीको सम्मानमा अर्जेन्टिनाका सबै फुटबल खेल १०औँ मिनेटमा एक मिनेट रोकिने
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छोबीच भेटवार्ता आइतबार, भदौ २१, २०८३
देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सार्नु उपयुक्त : नैनसिंह महर आइतबार, भदौ २१, २०८३
मेसीको सम्मानमा अर्जेन्टिनाका सबै फुटबल खेल १०औँ मिनेटमा एक मिनेट रोकिने आइतबार, भदौ २१, २०८३
किङ्स कलेजद्वारा इम्प्याक्ट वीक २०२६ आयोजना आइतबार, भदौ २१, २०८३
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द शनिबार, भदौ २०, २०८३
कुशको शव बनाएर काजकिरिया चल्दै थियो, ११औँ दिन चण्डिका जीवितै भेटिइन् ! शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्