काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा साेमबार निकै उतारचढाव देखिएको छ। आज कारोबार सुरु भएको २ मिनेटभित्रै पहिलो र ११ बजेर २१ मिनेटमा दोस्रो पोजेटिभ सर्किट लागे पनि बजार बन्द हुने बेलासम्ममा परिसूचक १४ दशमलव ०९ अंकले घटेर बन्द भएको छ।
परिसूचक शून्य दशमलव प्रतिशतले घटेर १ हजार ४ सय ६४ दशमलव ९४ अंकमा कायम भएको छ। अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्दा बजारमा सेलिङ प्रेसर देखिएपछि परिसूचक घटेको हो भने कारोबार उचालिएको हो।
आज १ सय ८१ कम्पनीको ७० लाख १ हजार २ सय ५८ कित्ता सेयर ३३ हजार ४ सय ३३ पटक खरिदबिक्री हुँदा २ अर्ब ८० करोड २२ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
बैंकिङ, विकास बैंक, वित्त र म्युच्युअल फण्ड समूहको उपसूचक क्रमशः ३ दशमलव १४, १६ दशमलव ९३, १ दशमलव १५ र ० दशमलव ०१ अंकले बढेको छ भने बाँकी सबै सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै जीवन बिमा समूहको १ सय ८८ दशमलव ६५ अंकले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।