फाइल फोटो
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः सरेको छ।
बैठक आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको थियो। तर, ६ गते ११ बजेको लागि स्थगित भएको नेकपा केन्द्रीय कार्यालयद्वारा जारी सूचनामा भनिएको छ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको राजीनामा माग भएपछि बैठक बस्न सकेको छैन। अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले पनि निष्कर्ष निकाल्न सकेको छैन।
शनिबार बसेको सचिवालय बैठकले आइतबारको स्थायी कमिटी बैठक बस्ने निर्णय गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।