फाइल तस्बिर
काठमाडौं- नेकपा सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। पार्टीभित्र रहेका तीव्र विवादका बीच शनिबार दिउँसो ३:१० बजेबाट बैठक सुरू भएको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
पार्टीको आन्तरिक विवादका कारण केही दिनदेखि पार्टी स्थायी कमिटी बैठक स्थगित भइरहेको अवस्थामा सचिवालय बैठक बसेको हो।
बैठकमा स्थायी कमिटीको बारेमा र पार्टीको विवाद कसरी सुल्झाउने भन्ने विषयमा छलफल हुनसक्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।