काठमाडौं– चेकिङको क्रममा प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ परेका छन्। शुक्रबार बिहान चन्द्रागिरी–११ बलम्बु रोडमा प्रहरीलाई घुस दिन खोज्ने बा११च ५३७० नम्बरको बोलेरो गाडीका चालक चितवन माडी घर भएका धनबहादुर विश्वकर्मालाई पक्राउ गरेको हो।
असई ललित खत्रीको कमान्डमा चेकिङमा खटिएको प्रहरी टोलीलाई उनले घुस दिन लागेका थिए। प्रहरीलाई आर्थिक प्रभावमा पार्न खोजेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग बलम्बुले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।