काठमाडौं- बुधबार विदेशमा अलपत्र ५९२ नेपालीको उद्धार गरिएको छ। सिंगापुर, सारजाह, साउदी, कतार र दुवईबाट ५९२ नेपालीको उद्धार गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ।
त्यस्तै भोलि विभिन्न ९ वटा उडानमार्फत अलपत्र नेपालीहरुको उद्धार गरिने विमान स्थलले जनाएको छ। साउदी युएई लगायत मुलुकबाट ९ उद्धार उडान गरिने उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।