काठमाडौं- नेपालका चार जिल्लाका सबै कोरोना संक्रमित निको भएर घर फर्किएका र नयाँ संक्रमित समेत नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला जिल्लामा नयाँ कोरोना संक्रमित नभेटिएका र यसअघि संक्रमित भएका सबै निको भएर डिस्चार्ज भएका छन्।
भोजपुरमा ६ जनामा कोरोना पुष्टि भएको थियो। उनीहरु उपचारपछि निको भइसकेका छन्। मनाङ र मुस्ताङमा एक/एक जना व्यक्तिमा कोरोना संक्रमण भएको छ। उनीहरु पनि निको भइसकेका छन्।
त्यसैगरी, हुम्लामा हालसम्म २ जना व्यक्ति कोरोना संक्रमण पुष्टि भएपछि त्यहाँ नयाँ संक्रमित देखिएका छैनन्। पुष्टि भएका संक्रमित निको भई डिस्चार्ज भईसकेका छन्।
बुधबार थप ११६ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेका छन्। हालसम्म ११ हजार २५ जना निको भई डिस्चार्ज भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।