काठमाडौं- बुधबार काठमाडौंमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ७ जना संक्रमित थपिएको जानकारी दिएका हुन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २ र त्रिवि शिक्षण अस्पतालमा १ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो।
काठमाडौं उपत्यकासहित पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। योसँगै संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ६सय ९७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसहित डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।