काठमाडाैं-नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवं सेती-महाकाली ब्यूरो इन्चार्ज ओम पुन पक्राउ परेका छन्।
पुनलाई प्रहरीले बुधबार बिहान सात बजे कैलालीको धनगढी उपमहानगरपालिका बैलीबाट पक्राउ गरेको हो । प्रहरीले पुनकी श्रीमती पूर्णिमा धामीलाई समेत पक्राउ गरेकाे छ। धामी अखिल नेपाल महिला संगठन(क्रान्तिकारी)की सेती-महाकाली ब्यूरो इन्चार्ज हुन्।
धनगढीमा आफन्त भेट्न गएका दुवै जनालाई प्रहरीले लखटेर पक्राउ गरेको पार्टी स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।