काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको वार्ता बालुवाटारमा जारी छ।
पार्टीभित्रको विवाद अन्त्यका लागि दुवै अध्यक्षले मंगलबार पनि भेटेका थिए। उक्त भेटमा विवादको विषयले प्रवेश नपाएको बताइएको छ।
ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्नुपर्ने अडानमा रहेको असन्तुष्ट पक्ष पछिल्लो दिनमा केही लचिलो बन्दै गएको छ। दुई अध्यक्षले सहमतिको विन्दु पहिल्याएपछि शुक्रबार स्थायी कमिटीको बैठक बस्ने बताइएको छ।
सहमति हुन नसक्दा यसअघि बोलाइएका स्थायी कमिटी बैठक पटक-पटक स्थगित हुँदै आएको छ।
प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्न ओली तयार नभएपछि मध्यमार्गी बाटो खोज्न थालिएको छ। तत्कालका लागि ‘पावर सेयरिङ’ गरि विवाद साम्य पार्ने पहल भएकाे बताइएको छ। बुधबारको वार्ता निर्णायक हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।