फाइल तस्बिर
काठमाडौं– मधेसी आयोगले विनियोजित रकम खर्च गर्नको लागि आर्थिक वर्षको अन्त्यतिर कार्यक्रम थपेर रकम खर्चिएको संसदको महिला तथा सामाजिक समितिले जनाएको छ। आयोगले आर्थिक वर्षको अन्त्यतिरका ३ महिना २३ दिनभित्र गोष्ठी र अनुशिक्षण कार्यका लागि ३२ लाख रुपैयाँ खर्च गरेकाे समितिले जनाएको छ।
विनियोजित रकम सक्नकै लागि एउटै जिल्लामा ७ दिनमा ७ पटकसम्म कार्यक्रम गरिएको समितिले जनाएको छ। ‘आर्थिक वर्षको अन्त्यतिर द्रुतगतिमा ३२ वटा यस्ता गोष्ठी, अनुशिक्षणका कार्यहरु हतारमा सम्पन्न गर्नुले उपलब्ध बजेट जसरी पनि सकाउनु पर्छ भन्ने मान्यता आयोगले राखेको देखिन्छ,’ समितिले मंगलबार गरेको निर्णयमा उल्लेख छ।
औपचारिक-अनौपचारिक कार्यक्रममार्फत् विज्ञसँग छलफल गरे पनि आयोगले समस्या पहिचान गर्न नसकेको र अझै अन्याेलग्रस्त रहेको निर्णयमा उल्लेख छ।
आयोगले समुदायको हकहितको लागि कार्यक्रमको तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्न नसकेको समितिले ठहर गरेको छ।
आयोगले मधेसीको परिभाषितसमेत गर्न नसकको समितिले जनाएको छ। मधेस क्षेत्रमा बस्ने सम्पूर्ण समुदाय मधेसी हुन वा जुनसुकै स्थानमा बसेका भएपनि निश्चित आधारमा तय गरिने कुनै जात वा समुदाय मधेसी हुन आयोगकाे निष्कर्ष नआएको समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।