• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

मेडिकल सामग्री खरिदमा संलग्नहरू 'असिनपसिन', सांसदले यसरी पारे र्‍याखर्‍याख्ती

64x64
दुर्गा दुलाल मंगलबार, असार ३०, २०७७  २०:१३
1140x725

काठमाडौँ- प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले ओम्नी ग्रुपसँग खरिद गरिएका स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा संलग्नहरूलाई बोलाएर छलफल गरेको छ। मेडिकल सामग्री खरिदमा भ्रष्टाचार भएको विषयमा सांसदहरूले रातारात अनुभव नै नभएको कम्पनीलाई दिने निर्णय किन भयो भनी प्रश्न उठाएका छन्। 

स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको विषयमा चलिरहेको छलफलमा सांसदहरूले ओम्नीलाई दिइएको ठेक्का शंकास्पद भएको भन्दै तत्कालीन स्वास्थ्य सचिव यादव कोइराला, स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्र श्रेष्ठ र स्वास्थ्य मन्त्री भानुभक्त ढकालका सल्लाहकार डा खेम कार्कीलाई र्‍याखर्‍याखती पारेका थिए। 

सांसदहरुले खरिद प्रक्रियामा कानुनले अधिकार नै नदिने मन्त्रीका सल्लाहाकारको प्रवेश, महानिर्देशकको भूमिका र ओम्नीलाई छनौट गरिएकोबारे प्रश्न सोधेका थिए। सांसदहरुले महामारीका बेला भएको भ्रष्टाचार बारेमा सबै जनतालाई थाहा भएकाले समितिमा साँचो बताउन आग्रह गरेका थिए। ओम्नीले यसअघि कहिल्यै पनि स्वास्थ्य सामाग्री खरिद नगरेको कुरा जानकारी हुँदाहुँदै किन दिएको? कालोसूचीमा किन नराखेको? एक्कासी किन रद्द गरेको भन्दै प्रश्न सोधेका थिए। समितिमा उपस्थित भएका पदाधिकारीले भने आफ्नो बचाउ गरेका थिए। यसपछि सांसदहरूले उनीहरुलाई पुनः प्रश्न गरेका थिए। उनीहरूको उत्तर दिन मेडिलक सामग्री खरिदमा संलग्नहरूलाई उत्तर दिन हम्मेहम्मे परेको थियो। 

धर्मशीला चापागाँई
समितिमा जवाफ दिन आउँदा अनविज्ञता किन? तपाईहरुले समितिमा शुरुमै भयावह अवस्था भएको चित्र प्रस्तुत गर्नुभयो। हामीले पनि भोगेका छौँ। यसरी गर्ने अनियमितता गर्ने तपाईंहरुले होइन। काम गर्ने ठाउँमा हुनुहुन्थ्यो तर यस्तो डर देखाउन मिल्छ? तपाईंहरुले यो टेन्डर गर्दा मात्र किन भयावह अवस्था देख्नु भयो?
सम्झौता गरेको कम्पनीसँग तीन/चार दिनअघि जानकारी गराउनु भएको भन्ने आरोप छ नि? उच्च स्तरीय समितिको निर्देशनमा आफूहरूले काम गरेको भन्दै तपाईहरुले छुट पाउनु हुन्छ? 

ओम्नीले तीन दिनमा सामान ल्याउने के ग्यारेन्टी थियो? सूचना लिक गरेर तपाईंहरु ठेक्का दिनु भएको आशंका हामीलाई पनि छ। ओम्नीलाई किन कालोसूचीमा राख्नु भएन? उसँग किनेको पिसिआर मेसिन अहिले किन थन्केका छन् त? तपाईहरुको काम गराई र भनाई मिल्यो त? स्वास्थ्य मन्त्रालयका डा रोशन पोखरेल सिनियर अनि डा खेम कार्की कसरी वार्ता समितिका संयोजक बने? महानिर्देशक सदस्य अनि विज्ञ सल्लाहाकार कसरी संयोजक हुनुभयो? 

तेजुलाल चौधरी 
चीनमा कोरोना भाइरस कहिले उत्पति भएको थियो? किन हामीले समयमा चासो देखाएनौं? १२ गते रातभर केके प्रक्रिया गर्नु भयो? तीन महिना तपाईहरुको के काम थियो? छिमेकी देशमा आउँदा हाम्रो देशमा पनि सर्छ भने सोच किन आएन? पहिला गरेको त्यो टेन्डर किन रद्द गरियो? मन्त्रीलाई सल्लाह र सुझाव दिन नियुक्त भएको व्यक्ति खरिदमा संलग्न हुन मिल्छ?  मिटिङ कति बजेसम्म बस्यो? कालोसूचिमा राखेपछि मन्त्रिपरिषद्‍मा कसरी प्रस्ताव गयो? गुणस्तर नै थाहा नभएको सामानले दुई महिना कसरी धान्यो? ओम्नीसँग १० प्रतिशत मात्र सामान लिएको भनियो तर यसले दुई महिना धान्यो त? 

मिनेन्द्र रिजाल 
डा खेम कार्कीलाई मन्त्रालयको विज्ञ सल्लाहाकारको नियुक्ति मन्त्रिपरिषदले दिएको हो कि मन्त्रीले दिएको हो? सल्लाह दिन बनाएको व्यक्ति खरिद र वार्ता समितिमा कसरी बस्न मिल्यो र कुन कानुनले यो अधिकार दियो? बनाउनेलाई थाहा भएर बनाएको हो कि नियत नै खराब राखेर हो? कोरोना भयानक भन्नु भयो त्यो थिएन तथ्यांकमा कुरा गरौँ। विज्ञले अतिरञ्जना गर्नु भएन। लकडाउन तयारीका लागि थियो तर यसमा कति काम गर्नु भयो त?

Ncell 2
Ncell 2
nimb
nimb

विज्ञले यसरी लासमा टेक्ने? ५० लाख मानिस मर्ने अवस्था थियो भनेर हल्ला गर्न ठिक हुन्छ? आरडिटी किन परीक्षण गरियो? 

पार्वती डिसी चौधरी 
सचिव, महानिर्देशक र विज्ञले आफ्नो कुरा राख्नु भएको छ। तर चित्त बुझेन।  यस्तो अवस्थामा भ्रष्टाचार गर्ने कुरा गलत छ। आरडिटीले गलत रिपोर्ट दियो। यो बन्द गर्नुपर्छ भन्दा पनि हाम्रोमा किन भइरहेको छ? 

राजन केसी 
सामान खरिद भयो भन्दा पनि कसरी भयो भन्नेमा समितिको चासो हो। तीन करोड नेपालीको चासो यसमा छ। यस्तो महामारीको अवस्थामा पनि पैसाका पछि लाग्ने भनेर सवैको बदनाम भएको छ। सार्वजनिक खरिद ऐन समात्नुपर्नेमा त्यसलाई मिचिएको छ। मन्त्रीका सल्लाहकारले अज्ञानमा परेर खरिद समितिमा बसेको हो कि नियत राखेर हो? यहाँ १४ प्रतिशत भनेर बचाउ गर्नुभयो तर हेर्दा २०० प्रतिशत महँगोमा खरिद भएको छ।  

मीना सुब्बा
आधा कुरा र जानकारी बोकेर समितिमा नआउनुस्। जनताबाटै स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएको गुनासोपछि समितिले छानबिन थालेको हो। डब्लुएचओले पहिले नै सचेत गराएको थियो तर मन्त्रालय त्यो अवधिमा कहाँ निदाएको थियो? सरकारले नेपालमा पनि आउँछ भन्ने अनुमान गरेन कि खरिदमा भ्रष्टाचार गर्न ढिलाई गरियो? चैत ११ गते लकडाउन भएको थियो। तर खरिदमा यही समय कुरेर बसेको हो?  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सूर्य पाठक 
विश्वभर कोरोना शुरु भइसकेको अवस्थामा मेडिकल सामग्री खरिदमा उतिबेला सरकारले किन चासो देखाएन? शुरुमा निकालिएको टेन्डर किन रद्द भयो? तपाईंहरुले भयावह अवस्था देखाएर उन्मुक्ति लिन खोज्दै हुनुहुन्छ। भयावह अवस्था देखाउनु पनि भयो। तर यसरी कानुन मिच्ने कुरा छुट हुँदैन। जुन कम्पनी छान्नु भयो त्योसँग मेडिकल सामाग्री आयातको अनुभव नै छैन। ओम्नीले ल्याएको पाँच वटा पिसिआर मेसिनले काम गरेन भनिन्छ यसको जिम्मेवारी कसले लिने हो? यति छिटो गर्नु भयो चैत १२ गते नै सबै भ्याउनु भयो। खरिद प्रक्रियामा जसरी काम गर्नु भयो यसरी रातारात गर्नु शंकास्पद होइन र? २ दिनपछि सामान ल्याउछु भन्दाभन्दै किन रद्द गर्नुभयो?

अमनलाल मोदी 
खरिदमा तपाईहरु संलग्न हुनुभयो। भ्रष्टाचार भयो। अनियमितता भयो। त्यसैले यहाँ तपाईंहरु आउनु भएको छ। लेखा समितिले पनि त्यही कारण अनुसन्धान र अध्ययन गरिरहेको छ। सत्यतथ्य के हो भन्ने राख्न पाउने मौका पाउनु भएको छ। नियोजित हो कि के हो? यो खरिदको योजनाकर्ता खेम कार्की छन् भन्ने छ योजनामा भएको हो कि होइन। यसको छानबिनका लागि संसदको उपसमिति बनाउन सभापतिसँग माग गर्दछु।

विरोध खतिवडा 
ओम्नीले ल्याएका सामान गुणस्तर परीक्षणमा  पठाएको देखिन्छ। तर गुणस्तर थियो कि थिएन भन्ने कतै उल्लेख भएको पाइएन।  यो थियो कि थिएन? यथार्थ के हो? तपाईहरुले जवाफ दिन पर्‍यो? यदि  थिएन वा प्रमाणित नभएको भने गल्ती भयो। त्यो कसले स्वीकार गर्ने र सजायको भागीदार को हुने हो? सामाग्री खरिदको गोलचक्कर हेर्दा अर्थ समिति नै तीनछक्क पर्ने अवस्था छ। 

चैत १० गते डा कार्कीले नियुक्ति लिएर स्वास्थ्य मन्त्रालय हाजिर हुनुअघि १ बजेको बैठकमा अर्कै संयोजक हुने, अनि उहाँ आएपछि उहाँ हुने निर्णय कसरी हुन्छ? विभागका महानिर्देशक सदस्य बनेर मन्त्रीका सल्लाहकार कसरी संयोजक बन्न मिल्छ?  ओम्नी समूहले औषधि खरिदको अनुमति थियो कि थिएन किन हेरिएन?

प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  २०:१३
  • #मेडिकल-सामग्री-खरिद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्