• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

मेडिकल सामग्री खरिदमा संलग्नहरू 'असिनपसिन', सांसदले यसरी पारे र्‍याखर्‍याख्ती

64x64
दुर्गा दुलाल मंगलबार, असार ३०, २०७७  २०:१३
1140x725

काठमाडौँ- प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले ओम्नी ग्रुपसँग खरिद गरिएका स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा संलग्नहरूलाई बोलाएर छलफल गरेको छ। मेडिकल सामग्री खरिदमा भ्रष्टाचार भएको विषयमा सांसदहरूले रातारात अनुभव नै नभएको कम्पनीलाई दिने निर्णय किन भयो भनी प्रश्न उठाएका छन्। 

स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको विषयमा चलिरहेको छलफलमा सांसदहरूले ओम्नीलाई दिइएको ठेक्का शंकास्पद भएको भन्दै तत्कालीन स्वास्थ्य सचिव यादव कोइराला, स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्र श्रेष्ठ र स्वास्थ्य मन्त्री भानुभक्त ढकालका सल्लाहकार डा खेम कार्कीलाई र्‍याखर्‍याखती पारेका थिए। 

सांसदहरुले खरिद प्रक्रियामा कानुनले अधिकार नै नदिने मन्त्रीका सल्लाहाकारको प्रवेश, महानिर्देशकको भूमिका र ओम्नीलाई छनौट गरिएकोबारे प्रश्न सोधेका थिए। सांसदहरुले महामारीका बेला भएको भ्रष्टाचार बारेमा सबै जनतालाई थाहा भएकाले समितिमा साँचो बताउन आग्रह गरेका थिए। ओम्नीले यसअघि कहिल्यै पनि स्वास्थ्य सामाग्री खरिद नगरेको कुरा जानकारी हुँदाहुँदै किन दिएको? कालोसूचीमा किन नराखेको? एक्कासी किन रद्द गरेको भन्दै प्रश्न सोधेका थिए। समितिमा उपस्थित भएका पदाधिकारीले भने आफ्नो बचाउ गरेका थिए। यसपछि सांसदहरूले उनीहरुलाई पुनः प्रश्न गरेका थिए। उनीहरूको उत्तर दिन मेडिलक सामग्री खरिदमा संलग्नहरूलाई उत्तर दिन हम्मेहम्मे परेको थियो। 

धर्मशीला चापागाँई
समितिमा जवाफ दिन आउँदा अनविज्ञता किन? तपाईहरुले समितिमा शुरुमै भयावह अवस्था भएको चित्र प्रस्तुत गर्नुभयो। हामीले पनि भोगेका छौँ। यसरी गर्ने अनियमितता गर्ने तपाईंहरुले होइन। काम गर्ने ठाउँमा हुनुहुन्थ्यो तर यस्तो डर देखाउन मिल्छ? तपाईंहरुले यो टेन्डर गर्दा मात्र किन भयावह अवस्था देख्नु भयो?
सम्झौता गरेको कम्पनीसँग तीन/चार दिनअघि जानकारी गराउनु भएको भन्ने आरोप छ नि? उच्च स्तरीय समितिको निर्देशनमा आफूहरूले काम गरेको भन्दै तपाईहरुले छुट पाउनु हुन्छ? 

ओम्नीले तीन दिनमा सामान ल्याउने के ग्यारेन्टी थियो? सूचना लिक गरेर तपाईंहरु ठेक्का दिनु भएको आशंका हामीलाई पनि छ। ओम्नीलाई किन कालोसूचीमा राख्नु भएन? उसँग किनेको पिसिआर मेसिन अहिले किन थन्केका छन् त? तपाईहरुको काम गराई र भनाई मिल्यो त? स्वास्थ्य मन्त्रालयका डा रोशन पोखरेल सिनियर अनि डा खेम कार्की कसरी वार्ता समितिका संयोजक बने? महानिर्देशक सदस्य अनि विज्ञ सल्लाहाकार कसरी संयोजक हुनुभयो? 

तेजुलाल चौधरी 
चीनमा कोरोना भाइरस कहिले उत्पति भएको थियो? किन हामीले समयमा चासो देखाएनौं? १२ गते रातभर केके प्रक्रिया गर्नु भयो? तीन महिना तपाईहरुको के काम थियो? छिमेकी देशमा आउँदा हाम्रो देशमा पनि सर्छ भने सोच किन आएन? पहिला गरेको त्यो टेन्डर किन रद्द गरियो? मन्त्रीलाई सल्लाह र सुझाव दिन नियुक्त भएको व्यक्ति खरिदमा संलग्न हुन मिल्छ?  मिटिङ कति बजेसम्म बस्यो? कालोसूचिमा राखेपछि मन्त्रिपरिषद्‍मा कसरी प्रस्ताव गयो? गुणस्तर नै थाहा नभएको सामानले दुई महिना कसरी धान्यो? ओम्नीसँग १० प्रतिशत मात्र सामान लिएको भनियो तर यसले दुई महिना धान्यो त? 

मिनेन्द्र रिजाल 
डा खेम कार्कीलाई मन्त्रालयको विज्ञ सल्लाहाकारको नियुक्ति मन्त्रिपरिषदले दिएको हो कि मन्त्रीले दिएको हो? सल्लाह दिन बनाएको व्यक्ति खरिद र वार्ता समितिमा कसरी बस्न मिल्यो र कुन कानुनले यो अधिकार दियो? बनाउनेलाई थाहा भएर बनाएको हो कि नियत नै खराब राखेर हो? कोरोना भयानक भन्नु भयो त्यो थिएन तथ्यांकमा कुरा गरौँ। विज्ञले अतिरञ्जना गर्नु भएन। लकडाउन तयारीका लागि थियो तर यसमा कति काम गर्नु भयो त?

Ncell 2
Ncell 2
nimb
nimb

विज्ञले यसरी लासमा टेक्ने? ५० लाख मानिस मर्ने अवस्था थियो भनेर हल्ला गर्न ठिक हुन्छ? आरडिटी किन परीक्षण गरियो? 

पार्वती डिसी चौधरी 
सचिव, महानिर्देशक र विज्ञले आफ्नो कुरा राख्नु भएको छ। तर चित्त बुझेन।  यस्तो अवस्थामा भ्रष्टाचार गर्ने कुरा गलत छ। आरडिटीले गलत रिपोर्ट दियो। यो बन्द गर्नुपर्छ भन्दा पनि हाम्रोमा किन भइरहेको छ? 

राजन केसी 
सामान खरिद भयो भन्दा पनि कसरी भयो भन्नेमा समितिको चासो हो। तीन करोड नेपालीको चासो यसमा छ। यस्तो महामारीको अवस्थामा पनि पैसाका पछि लाग्ने भनेर सवैको बदनाम भएको छ। सार्वजनिक खरिद ऐन समात्नुपर्नेमा त्यसलाई मिचिएको छ। मन्त्रीका सल्लाहकारले अज्ञानमा परेर खरिद समितिमा बसेको हो कि नियत राखेर हो? यहाँ १४ प्रतिशत भनेर बचाउ गर्नुभयो तर हेर्दा २०० प्रतिशत महँगोमा खरिद भएको छ।  

मीना सुब्बा
आधा कुरा र जानकारी बोकेर समितिमा नआउनुस्। जनताबाटै स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएको गुनासोपछि समितिले छानबिन थालेको हो। डब्लुएचओले पहिले नै सचेत गराएको थियो तर मन्त्रालय त्यो अवधिमा कहाँ निदाएको थियो? सरकारले नेपालमा पनि आउँछ भन्ने अनुमान गरेन कि खरिदमा भ्रष्टाचार गर्न ढिलाई गरियो? चैत ११ गते लकडाउन भएको थियो। तर खरिदमा यही समय कुरेर बसेको हो?  

Xtrem

Xtrem

सूर्य पाठक 
विश्वभर कोरोना शुरु भइसकेको अवस्थामा मेडिकल सामग्री खरिदमा उतिबेला सरकारले किन चासो देखाएन? शुरुमा निकालिएको टेन्डर किन रद्द भयो? तपाईंहरुले भयावह अवस्था देखाएर उन्मुक्ति लिन खोज्दै हुनुहुन्छ। भयावह अवस्था देखाउनु पनि भयो। तर यसरी कानुन मिच्ने कुरा छुट हुँदैन। जुन कम्पनी छान्नु भयो त्योसँग मेडिकल सामाग्री आयातको अनुभव नै छैन। ओम्नीले ल्याएको पाँच वटा पिसिआर मेसिनले काम गरेन भनिन्छ यसको जिम्मेवारी कसले लिने हो? यति छिटो गर्नु भयो चैत १२ गते नै सबै भ्याउनु भयो। खरिद प्रक्रियामा जसरी काम गर्नु भयो यसरी रातारात गर्नु शंकास्पद होइन र? २ दिनपछि सामान ल्याउछु भन्दाभन्दै किन रद्द गर्नुभयो?

अमनलाल मोदी 
खरिदमा तपाईहरु संलग्न हुनुभयो। भ्रष्टाचार भयो। अनियमितता भयो। त्यसैले यहाँ तपाईंहरु आउनु भएको छ। लेखा समितिले पनि त्यही कारण अनुसन्धान र अध्ययन गरिरहेको छ। सत्यतथ्य के हो भन्ने राख्न पाउने मौका पाउनु भएको छ। नियोजित हो कि के हो? यो खरिदको योजनाकर्ता खेम कार्की छन् भन्ने छ योजनामा भएको हो कि होइन। यसको छानबिनका लागि संसदको उपसमिति बनाउन सभापतिसँग माग गर्दछु।

विरोध खतिवडा 
ओम्नीले ल्याएका सामान गुणस्तर परीक्षणमा  पठाएको देखिन्छ। तर गुणस्तर थियो कि थिएन भन्ने कतै उल्लेख भएको पाइएन।  यो थियो कि थिएन? यथार्थ के हो? तपाईहरुले जवाफ दिन पर्‍यो? यदि  थिएन वा प्रमाणित नभएको भने गल्ती भयो। त्यो कसले स्वीकार गर्ने र सजायको भागीदार को हुने हो? सामाग्री खरिदको गोलचक्कर हेर्दा अर्थ समिति नै तीनछक्क पर्ने अवस्था छ। 

चैत १० गते डा कार्कीले नियुक्ति लिएर स्वास्थ्य मन्त्रालय हाजिर हुनुअघि १ बजेको बैठकमा अर्कै संयोजक हुने, अनि उहाँ आएपछि उहाँ हुने निर्णय कसरी हुन्छ? विभागका महानिर्देशक सदस्य बनेर मन्त्रीका सल्लाहकार कसरी संयोजक बन्न मिल्छ?  ओम्नी समूहले औषधि खरिदको अनुमति थियो कि थिएन किन हेरिएन?

प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७  २०:१३
  • #मेडिकल-सामग्री-खरिद

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
नेपाली कांग्रेसका क्रियाशील सदस्य ९ लाख ६९ हजार ८४२ सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री वालेनकाे दावी सरकार वनेपछि ५ हजार ७ सयलाई लालपुर्जा वितरण सोमबार, असोज १९, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्