काठमाडौं- परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको अयोध्यामाथि आएको विवादास्पद अभिव्यक्तिको स्पष्टीकरण दिएको छ।
२०७ औं भानु जयन्तिका अवसरमा प्रधानमन्त्री ओलीले अयोध्या नेपालमै भएको विवादास्पद अभिव्यक्ति दिएपछि परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति निकाल्दै स्पष्टीकरण दिएको हो।
उक्त अभिव्यक्ति कुनै राजनीतिक विषय नभएको र कसैको भावनामाथि आघात पुर्याउने उद्देश्यले प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्ति नदिएको मन्त्रालयले स्पष्ट पारेको छ।
‘श्रीराम र उनीसँग जोडिएका स्थानका बारेमा विभिन्न कथाहरू विद्यमान छन्। प्रधानमन्त्रीले रामायणसँग सम्बन्धित सांस्कृतिक भूगोलका विषयमा अझै विस्तृतरूपमा अध्ययन र अनुसन्धान हुनुपर्ने विषयलाई उल्लेख गर्नुभएको थियो।’ विज्ञप्तिमा भनिएको छ‚ ‘प्रधानमन्त्रीद्वारा अयोध्याको महत्ता र यसको सांस्कृतिक मूल्यलाई आघात पुग्ने उद्देश्यले अभिव्यक्ति दिइएको होइन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।