काठमाडौं- विगत २४ घण्टायता नेपालमा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको छ।
सोमबारसम्म नेपालमा हालसम्म १० हजार २ सय ९४ जना उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६० दशमलव ७ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
सोमबार ५ हजार ८५६ जनाको कोरोनाको परीक्षण भएको र हाल २३ हजार ४७० जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले जानकारी दिए। हाल ६ हजार ६ सय १३ जनाको कोरोना उपचार भइरहेको छ।
सोमबारसम्म ३८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।