दार्चुला- महाकाली नदीमा हाम फालेकी एक महिला मृतावस्थामा भेट्टिएकी छन्।
ती महिला महाकाली नगरपालिका–७ धाप की ४५ वर्षीया द्रोपती कोली रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
बिहीबार बिहान ९ बजेतिर घरबाट हिँडेकी कोलीले महाकाली नदीमा हाम फालेको प्रहरीले जनाएको छ। नदीमा हाम फालेको एकदुई किलोमिटर तल नगरपालिकाकै वडा नम्बर ८, असिगडा नजिक कोली मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लालबहादुर साउदले जानकारी दिए।
मृतक महिलाको घरमा श्रीमान् तथा छोराछोरी रहेका छन्। मृतक महिला केही दिनअघिदेखि बिरामी भएको तथा उपचार गराइहेको पारिवारिक स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।