नुवाकोट- विदुर नगरपालिका वडा नं १३ को आमथाङमा १५ महिने बालिकाको ड्रममा डुबेर मृत्यु भएको छ।
घरमा राखिएको ड्रमको पानीमा खेल्ने क्रममा डुबेकी उनको उपचारको क्रममा जिल्ला अस्पताल नुवाकोटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ।
मृत्यु हुनेमा विदुर नगरपालिका वडा नं १३ की १५ महिनाकी सुविना तामाङ रहेको प्रहरी उपरीक्षक वसन्त कुँवरले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।