काठमाडौं- शुक्रबार थप १४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो। योसहित नेपालमा हालसम्म ८ हजार ५ सय ८९ जना उपचारपछि निको भएका छन्।
शनिबारसम्म ३८ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।