जाजरकोट बारेकाट गाउँपालिका– ४ सार्की गाउँमा पहिराले घर बगाएपछि बेपत्ताको खोजी गर्दै प्रहरी। तस्बिर: रासस
काठमाडौं- अविरल वर्षाका कारण बाढी र पहिरोका कारण बिहीबार र शुक्रबार मात्रै २५ जनाको मृत्यु हुनुका साथै ५६ जना बेपत्ता भएका छन्। मनुसनी भारी वर्षाका कारण अर्बौंको क्षति भएको गृह मन्त्रालयले जनाएको छ।
लगातारकाे वर्षाले बपत्ताकाे खाेजी कार्यमा कठिनाइ भएकाे छ। बिहीबार सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिकामा पर्ने बुलकुटे खोलामा आएको बाढीबाट २ जनाको मृत्यु हुनुका साथै २० जना बेपत्ता भएको गृह मन्त्रायका प्रवक्ता दीपेन्द्रनाथ शर्माले बताए। बिहीबारै सिन्धुपाल्चोक र डोटीमा गरी ८ जना घाइते भएका छन्।
यस्तै शुक्रबार बाढी तथा पहिरोबाटै २३ जनाको मृत्यु हुनका साथै ३६ जना बेपत्ता र २६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ। शुक्रबार बाढी र पहिरोबाट कास्की, लमजुङ, म्याग्दी, रुकुम पश्चिम, तनहुँ, जाजारकोट, दोलखा र गल्मी गरी ८ जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन्।
अहिले पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेकाे छ। वर्षाका कारण केही स्थानमा बाढी पहिराे गइरहेकाे छ।
तस्बिरमा देशभरकाे बाढी-पहिराे:
पूर्वी नवलपरासीको गैँडाकोट–९ थुम्सीमा बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग।
अविरल वर्षासँगै तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेतीमा आएको बाढीका कारण जोखिममा परेका शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकका घर।
बाँके खजुरा गाउँपालिकामा पर्ने खजुरा बजारको पूर्वमा अवस्थित नालामा वर्षाका कारण यात्रु समस्यामा।
जाजरकोट बारेकाट गाउँपालिका –४ सार्कीगाउँमा पहिराले घर बगाएपछि बेपत्ताको खोजी गर्दै प्रहरी। पहिरामा बेपता भएका १२ मध्ये सात जनाको शव भेटिएको छ।
अविरल वर्षासँगै तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित सेतीमा आएको बाढी। बाढीका कारण शुक्लागण्डकी नगरपालिका–४ र ८ जोड्ने सेती नदीमाथि निर्माण गरिएको पुल जोखिममा परेको छ।
अविरल वर्षासँगै नारायणी नदीमा आएको बाढी।
नदीले कटान गरेपछि भत्किएको म्याग्दीकाे बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित प्रहरी बिट।
सिन्धुपाल्चाेककाे बाह्रबिसे नगरपालिकास्थित जम्बुकाे ठाडो खोलामा आएको बाढी। बाढीमा परेर दुई जनाको मृत्यु भएकाे छ। २० जना बेपत्ता छन्।
बिहीबार रातिदेखि लगातार परेको पानीका कारण जलाम्य पोखरा महानगरपालिका– ३३ स्थित चैनपुर पानीट्याङ्की सडक।
लगातारको वर्षातपछि डोटीको दिपायलमा रहेको सेतीनदीमा आएको बाढी। बाढीका कारण नदी आसपासका बस्ती उच्च जोखिममा छन्।
लमजुङको क्व्होलासोथर गाउँपालिका– ७ स्थित भोंजे गाउँको गमबहादुर कामीको पिँढी र आगनमा शुक्रबार बिहान गएको पहिरो।
जाजरकोट बारेकाट गाउँपालिका–४ सार्कीगाउँमा पहिरामा बेपत्ता भएकाकाे खोजी गर्दै स्थानीयवासी।
सिन्धुपाल्चाेककाे भोटेकोशी नदीमा आएको बाढीले बाह्रबिसे नगरपालिका-५ जम्बुमा जाेखिममा परेका घरहरु। तस्बिर: श्रीधर न्याैपाने।
पोखराको फेवातालमा शुक्रबार बिहान पानी परेका बेला देखिएको दृश्य। अविरल वर्षाले तालमा पानीको सतह बढेकाले बाँधेर राखिएका डुङ्गा डुबेका छन्।
बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगङ्गा गाउँपालिका–३ राहुघाटको सिमानास्थित रघुगङ्गा नदीमाथिको बाढीले क्षति पुर्याएको पुल।
अविरल वर्षाका कारण सेती नदीमा पानीको सतह बढ्दा देखिएको दृश्य। पोखरा महानगरपालिका–१० रामघाटको खोँचबाट पानी सहज तरिकाले निष्कासन हुन नस्क्दा ताल परेको छ।
वीरगन्ज महानगरपालिका–१० श्रीपुरमा शुक्रबार सडकमा पानी जमेपछि यात्रु।
अविरल वर्षासँगै आएको बाढीका कारण सेती नदीको डुबानमा परेको तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोड्ने पुल।
तस्बिर रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।