कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा कोरोनाको पिसिआर परीक्षण गर्दै स्वास्थ्यकर्मी।
काठमाडौं- आफूलाई कोरोनाको शंका लागेका व्यक्तिले सरकारले तोकेका प्रयोगशालामा पुगेर कोरोनाको पिसिआर परीक्षण गराउन सक्ने व्यवस्था गरेको छ। सरकारले ५ हजार ५ सय रुपैयाँ तिरेर कोरोनाको पिसिआर परीक्षण गर्न सक्ने व्यवस्था हो।
स्वास्थ्य मन्त्रालयले प्रत्येक प्रदेशमा कम्तीमा एक प्रयोगशालामा सशुल्क पिसिआर परीक्षणका स्वीकृति दिएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएका हुन्।
काठमाडौं उपत्यकाका तीन स्थानका प्रयोगशालामा सशुल्क कोरोनाको पिसिआर परीक्षण गराउने व्यवस्था गरिएको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालका प्रयोगशालामा आफूलाई कोरोना भाइरस संक्रमणको शंका लागे पैसा तिरेर परीक्षण गर्न पाउने व्यवस्था गरिएको छ।
प्रदेश १ मा कोशी अस्पताल र प्रदेश २ मा नारायणी अस्पतालले पनि पैसा लिएर कोरोनाको परीक्षण गर्न पाउने स्वीकृति पाएका हुन्। यस्तै गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश ५ मा लुम्बिनी अस्पताल बुटवलमा सशुल्क परीक्षण हुने व्यवस्था गरिएको छ।
कर्णालीमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिमा प्रादेशिक प्रयोगशाला धनगढीमा पैसा तिरेर पिसिआर परीक्षण गर्न पाइने व्यवस्था मन्त्रालयले गरेको हो।
यसअघि सरकारले तोकेका व्यक्तिले मात्र कोरोनाको परीक्षण गर्न पाउने व्यवस्था थियो। सरकारले तोकेपछि गरिने परीक्षणमा भने कुनै शुल्क नलाग्ने मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।