काठमाडौं- शुक्रबार थप १२० जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो। योसहित नेपालमा हालसम्म ८ हजार ११ जना उपचारपछि निको भएका छन्।
हाल ८ हजार ६ सय ३ जना आइसोलेसनमा छन्। देशका विभिन्न स्थानका २३ हजार ९ सय १० जना क्वारेन्टाइनमा छन्। देशका २५ प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ६ जना कोरोना परीक्षण भएको छ। हालसम्म २ लाख ७५ हजार ९ सय ५१ जनाको पिसिआर परीक्षण भएको छ।
बिहीबारसम्म ३५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।