काठमाडौैं– गृहमन्त्री रामबहादुर थापा‘बादल’ले स्वचालित भएर काम गर्न निर्देशन दिएका छन्।
बिहिबार गृह मन्त्रालयमा दोस्रो चौमासिक समिक्षा तथा गृहमन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले प्रहरी र कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन्।
‘बैठक, निर्देशनपछि केही दिन स्वफुर्त रुपमा कामका लागि परिचालित हुने फेरी निश्क्रिय हुने अहिलेको परीपाटी देखियो,’ उनी भन्छन्,‘अब परिचालित होईन सँधै सक्रिय भएर आफै स्वचालित भईराख्नुहोस् ।’
कर्मचारीसँग कार्यसम्पादन करार गरेर सोही अनुसार काम गरे नगरेको आधारमा उसको मुल्यांकन गर्ने पद्धतिको विकास गर्न लागिएको जानकारी दिए।
गृहमन्त्री बादलले मन्त्रालयको जिम्मेवारी अनुसार शान्ति, सुरक्षा, सुव्यवस्था र सशासनका लागि प्रतिवद्ध भएर काम गर्न निर्देशन दिए।
गृह अन्तर्गतका निकायको पूजिगत खर्च कम भएको देखिएको भन्दै सो बढाउन आवश्यक गृहकार्य गर्न उनले निर्देशन दिए।
बैठकमा गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग, प्रहरी किताबखानाको चालु आर्थिक वर्ष २०७४÷७५को दोस्रो चौमासिकको प्रगति विवरण प्रस्तुत गरीएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।