काठमाडौं- मंगलबार थप २ सय ५३ जना कोरोना संक्रमणमुक्त भएका छन्।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
योसहित नेपालमा हालसम्म ७ हजार ७ सय ५२ जना उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ४७ प्रतिशतभन्दा बढी भएको मन्त्रालयले जनाएको छ।
हाल २५ हजार ४० जना क्वारेन्टाइनमा छन् भने ८ हजार ६ सय ३६ जना आइसोलेसनमा छन्।
मंगलबारसम्म ३५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।