काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात संचालन गर्नका लागि कार्ययोजना बनाउन निर्देशन दिएका छन्।
मंगलबारको मन्त्रिपरिषद्को बैठकमा उनले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई सार्वजनिक यातायात संचालन गर्नका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका हुन्।
२०७६ चैतको दोस्रो साता लकडाउन सुरु भएपछि बन्द भएको सार्वजनिक यातायात खुलाउने प्रयासका लागि प्रधानमन्त्री ओलीले सिसिएमसीलाई निर्देशन दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।