• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ २८, २०८३ Thu, Jun 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली-प्रचण्डको 'वान टू वान'ले झस्किए माधव नेपाल

64x64
नेपाल लाइभ मंगलबार, असार २३, २०७७  १८:३३
1140x725

काठमाडौं- नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको ‘वान टू वान’ संवादले कुनै ठोस प्रगति दिन सकेको छैन। सोमबारदेखि सुरु भएको दुई अध्यक्षबीचको संवाद सौहार्दपूर्ण भएको भनिए पनि विवाद समाधानकै सूत्र पहिल्याउने अवस्थामा भने पुगिसकेको छैन।

पार्टीभित्रको विवाद अझै समाधान भई नसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए। ‘दुई अध्यक्ष पार्टीभित्रको विवादका विषयमा छलफलमा प्रवेश गर्नुभएको छ। छलफल जारी छ’, थापाले भने, ‘पार्टीभित्रको विवाद समाधान हुनेगरी कुनै निर्णय भएको छैन।’

यसअघि ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा नदिने अडान दोहोर्‍याइरहेका थिए। तर, प्रचण्ड-नेपाल समूहले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा नदिए सहमति नहुने बताएका थिए। पछिल्लो समय ओली र प्रचण्डले सहमतिका लागि विभिन्न मोडलमा छलफल गरिरहेको बताइएको छ।

पार्टीमा विवाद बढ्दै गएपछि मध्यमार्गी नेताहरुले सहमतिका लागि दुई अध्यक्षलाई दबाब दिएका थिए।

यस्तै नेकपाभित्रको विवाद समाधान गर्न चिनिया राजदूतले माधव नेपाल र झलनाथ खनाललाई भेटेर सहमतिका लागि दबाब दिएकी छिन्। नेकपा विभाजन गर्न नहुने भन्दै आन्तरिक र बाह्य शक्ति लागि रहेकाले सहमतिबाटै समाधानको बाटो खुल्ने सम्भावना भने बढेको छ।

धोकाको आशंकामा माधव नेपाल
प्रधानमन्त्री तथा अध्यक्ष ओलीको विपक्षमा अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा लगायत नेताहरु एक जुट भएका थिए।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि विभाजन नै हुने अवस्था आएपछि सहमतिका लागि सघन रुपमा छलफल सुरु गरिएको थियो। कार्यदल बनाई विवाद समाधान गर्ने निर्णय भयो। तर, कार्यदलबाट समेत विवाद समाधान हुनेभन्दा गिजोलिने भएपछि अध्यक्ष ओली र प्रचण्डले दुई दिनदेखि ‘वान टू वान’ संवाद थालेका छन्।

दुई अध्यक्ष मात्रै बसेर संवाद गर्न थालेपछि आफू एक्लिन सक्ने भन्दै नेपाल समूह झस्किन थालेको छ। प्रधानमन्त्री ओलीका विरुद्ध उचालेर प्रचण्डले आफूलाई कतै धोका त दिने होइनन् भन्ने भएपछि सो समूहमा शंका बढेको हो। यसअघि पनि पार्टीमा विवाद भएका बेला प्रचण्ड, वामदेव गौतम र रामबहादुर थापाले ओलीलाई साथ दिएपछि नेपाल समूहले धोका पाएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

यसपटकको शंका पनि सोही धोकाले सिर्जना गरेको हो।

‘पार्टीमा विवाद हुँदा दुई अध्यक्षको मात्रै बैठक बस्नु हुँदैन भन्ने छैन। आवश्यकता अनुसार बैठक बस्नु पर्छ’, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भने, ‘तर पार्टीभित्रको विवाद पार्टी कमिटीभित्रै छलफल गरेको भए हुन्थ्यो। त्यो सचिवालय वा स्थायी कमिटीमा छलफल गर्न सकिन्थ्यो।’

पार्टी कमिटीभित्र विवाद समाधानका लागि छलफल हुँदा व्यवस्थित प्रणालीको विकास हुने पाण्डेको तर्क छ।

चिनिया राजदूतको अनावश्यक चासो
नेकपा पार्टीभित्रको विवादमा चिनिया राजदूत होउ यान्छीको सक्रियतालाई अनावश्यक चासोको रुपमा औंल्याएको छ। नेकपा नेताहरुलाई भेटेर चिनिया राजदूतले एकताका लागि दबाब दिन थालेपछि सत्तारुढ पार्टीकै नेताहरुले विरोध गर्न थालेका छन्।

विवादकै बीच नेकपा नेताहरुलाई भेट्न थालेपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार सामाजिक सञ्चालमा लेख्दै नेपाल एक सार्वभौम मुलुक भएकाले आफ्नो निर्णय आफैं गर्न सक्षम भएको भन्दै विदेशी हस्तक्षेप मान्य नहुने भन्दै आपत्ति जनाए।

पार्टीको आन्तरिक जीवनमा विवाद चर्किएका बेला तीव्र बनाउँदै गएको भेटवार्ताले चिनिया राजदूत विवादमा तानिएकी छिन्। विवादको बेला चिनिया राजदूतले शीर्ष नेताहरुलाई भेट्दा राम्रो सन्देश नगएको स्थायी कमिटी सदस्य पाण्डेले बताए। ‘हाम्रो पार्टीभित्रको विवाद हामी आफैंले मिलाउने हो। चिनिया राजदूतले मिलाइदिने होइन’, पाण्डेले भने, ‘यति नै बेला चिनिया राजदूतले नभेटेको भए हुन्थ्यो। भेट्ने समय ठीक भएन।’

नेकपाभित्र विवाद उत्कर्षमा पुगेपछि चिनिया राजदूतले सोमबार वरिष्ठ नेता माधवकुमार नेपालाई भेटेकी थिइन् भने सोमबार अर्का वरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी थिइन्।

यसअघि वैशाख १९ गते नेकपामा विवाद उत्कर्षमा पुगेका बेला चिनिया राजदूतले अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल लगायत नेताहरुलाई भेटेकी थिइन्। त्यतिबेला पनि राजदूतले नेकपा नेताहरुलाई भेट्दा विवादमा तोनिएकी थिइन्।

स्थायी कमिटी बैठक फेरि स्थगित हुन सक्ने
पार्टी भित्रको विवाद यथावत भएकाले बुधबारका लागि बोलाएको स्थायी कमिटी बैठक स्थगित हुने सम्भावना देखिएको छ। दुई अध्यक्षबीच संवाद जारी भएकाले बुधबारको स्थायी कमिटी बैठक सर्न सक्ने एक स्थायी कमिटी सदस्यले बताए।

‘मंगलबार दुई अध्यक्षले सहमति गरेर बाहिर ल्याइसकेको भए बुधबारको बैठक बस्ने सम्भावना हुन्थ्यो,' ती स्थायी कमिटी सदस्यले भने, ‘बुधबार फेरि दुई अध्यक्ष बैठक बसेर सहमति गर्ने भनेपछि स्थायी कमिटी बैठक सर्ने सम्भावना बलियो देखियो।’

यसअघि स्थायी कमिटी बैठक दुई पटक स्थगित भइसकेको छ। नेकपाको पाँचौं स्थायी कमिटी बैठक गत असार १० गतेदेखि सुरु भएको हो। 

प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  १८:३३
  • #नेकपा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भ्रष्टाचार आरोपमा अर्थमन्त्रीको प्रतिवाद- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्’
एमाले अध्यक्ष ओली शिक्षण अस्पतालमा, दाँतमा समस्या
८ अंक घट्यो सेयर बजार
सम्बन्धित सामग्री
भ्रष्टाचार आरोपमा अर्थमन्त्रीको प्रतिवाद- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्’ आफूमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, 'मैले आज सार्वजनिक लेखा समितिमा पनि भनेँ, एकदुई... बिहीबार, जेठ २८, २०८३
प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु (लाइभ) काठमाडौँ– प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार, जेठ २८, २०८३
राज्य व्यवस्था समितिले गठन गर्‍यो ५ वटा उपसमिति बिहीबार बसेको समितिको बैठकले बैठक सञ्चालन कार्यविधि तर्जुमाका लागि मस्यौदा समितिको समयसीमा थप गर्नुका साथै विभिन्न मन्त्रालयहरूको का... बिहीबार, जेठ २८, २०८३
ताजा समाचारसबै
भ्रष्टाचार आरोपमा अर्थमन्त्रीको प्रतिवाद- ‘तपाईंका काण्डबारे हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन्’ बिहीबार, जेठ २८, २०८३
एमाले अध्यक्ष ओली शिक्षण अस्पतालमा, दाँतमा समस्या बिहीबार, जेठ २८, २०८३
८ अंक घट्यो सेयर बजार बिहीबार, जेठ २८, २०८३
प्रतिनिधिसभामा बजेटमाथि छलफल सुरु (लाइभ) बिहीबार, जेठ २८, २०८३
राज्य व्यवस्था समितिले गठन गर्‍यो ५ वटा उपसमिति बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
प्रतिपक्षीद्वारा प्रधानमन्त्रीको लिखित स्टेटमेन्ट माग बुधबार, जेठ २७, २०८३
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन बुधबार, जेठ २७, २०८३
इरानले होर्मुज क्षेत्रमा अमेरिकी हेलिकोप्टर खसालेको दाबीसहित ट्रम्पले दिए नयाँ आक्रमणको अनुमति बुधबार, जेठ २७, २०८३
यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार आर्थिक भार हटाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, जेठ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्