काठमाडाैं- सरकारले गर्भवती र सुत्केरी महिलाको कोरोना भाइरस (कोभिड-१९) परीक्षणमा प्राथमिकता दिन अनुराेध गरेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार देशभरका अस्पताल तथा प्रयोगशालालाई गर्भवती र सुत्केरी महिलाको पिसिआर परीक्षणमा प्राथमिकता दिन अनुरोध गरेको हो।
स्वास्थ्य मन्त्रालयका सहसचिव शैलजा रेग्मी भट्टराईले सबै अस्पताल र सबै प्रयोगशालाका नाममा पत्र पठाउँदै यस्तो आग्रह गरेकी हुन्।
पछिल्लो समय काेराेनाकाे संक्रमण बढदै गएको र यसबाट गर्भवती तथा सुत्केरीसमेत प्रभावित भइरहेको जानकारी आएको भन्दै यस्ताे आग्रह गरिएकाे हाे।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।