काठमाडौं- देशका चार जिल्लामा भेटिएका सबै कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार तेह्रथुम, भोजुपर, सोलुखुम्बु र हुम्लामा भेटिएका सबै कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।
सोमबार यी जिल्लाका संक्रमितसहित ६ सय ८८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
विगत २४ घण्टायता नेपालमा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको समेत मन्त्रालयले जनाएको छ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ जना पुगेको छ। यीमध्ये हालसम्म ७ हजार ४ सय ९९ जना निको भएर घर फर्किएका छन्।
सोमबारसम्म ३५ कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।