काठमाडौं- मंगलबार थप ६ सय ८८ जना कोरोना संक्रमणमुक्त भएका छन्।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो।
योसहित नेपालमा हालसम्म ७ हजार ४ सय ९९ जना उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ४६ प्रतिशतभन्दा बढी भएको मन्त्रालयले जनाएको छ।
सोमबारसम्म ३५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।