वेत्रावती-नुवाकोटको विदुर नगरपालिका–५ गंगटेमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
बट्टार बजारबाट देवीघाटतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालक विदुर नगरपालिका-३ खड्गभञ्याङका २१ वर्षीय ठाकुर अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख विकल भट्टराईले जानकारी दिए। उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारका क्रममा चक्रदेव पोलिक्लिनिक विदुरमा मृत्यु भएको हो।
दुर्घटनामा विदुर नगरपालिका-५ देवीघाटका २८ वर्षीय सुरेन्द्र चित्रकार घाइते भएका छन्। उनको अहिले सोही पोलिक्निकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । उनीहरु चढेको बा९८प ५५१६ नंको मोटरसाइकल गंगटेमा अनियन्त्रित हुँदा राति ८ः३५ बजे सडकबाट करिब १० मिटर तल पुगेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।