काठमाडाैं- यसअघि राष्ट्रिय परीक्षा बोर्डले लिँदै आएकाे कक्षा ११ को परीक्षा अबदेखि विद्यालयले दिने भएकाे छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले कक्षा ११ को परीक्षा अब निरन्तर रूपमा विद्यालयबाटै सञ्चालन गर्ने निर्णय गरेको हो।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले कक्षा ११ को परीक्षा विद्यालयले लिने निर्णय भएकाे बताए। 'अबदेखि सधैका लागि कक्षा ११ को परीक्षा विद्यालयले लिन्छ,' महानिर्देशक दाहालले भने,' कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले लिने छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।