काठमाडौं–नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ।
उनका पिता कृपासिंह तामाङको आइतबार राति ९८ वर्षको उमेरमा निधन भएको हो।
घरमै बेहोस भएर लडेपछि उनलाई उपचारका लागि काठमाडौंको मेडिकेयर अस्पताल लगिएको थियो।
स्वर्गीय घिसिङको स्वयम्भुमा अन्त्येष्टि गरिएको छ।
सुनापति गाउँपालिका ४ बेथान रामेछापका तामाङका कुलमानसहित ६ छोरा र ३ छोरी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।